माधवी उपन्यासमा करुणरसको अनुभूति
DOI:
https://doi.org/10.3126/jdr.v8i1.57141Keywords:
करुणरस,, विप्रलम्भ, उत्तर वैदिक समाज, दासमोचन, श्यामकर्णAbstract
प्रस्तुत आलेख मदनमणि दीक्षितको माधवी उपन्यासमा करुणरसको अनुभूति शीर्षकमा त्यस भित्रको कारुणिता अध्ययन गरिएको अनुसन्धानात्मक कार्य हो। साहित्यमा अभिव्यक्त हुने रसहरूमध्ये करुण रसलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । हरेक विधागत साहित्यिक कृतिमा वmुनै न वmुनै रसको प्रस्तुति रहन्छ तापनि करुणरसको प्रस्तुति भएको साहित्यक कृतिलाई विशिष्ट प्रकारको मानिन्छ । साहित्यमा करुणरसको अनुभूति सुखात्मक र दुःखात्मक दुवै अवस्थामा गर्न सकिन्छ । माधवी उपन्यासमा सुखदुःखात्मक दुवै प्रकारको करुणाको अनुभूति हुन्छ । माधवी उपन्यासमा शोक स्थायीभाव जनित करुणा नभभई वात्सल्य एवं विप्रलम्ब शृङ्गार जनित करुणाको अनुभूति हुन्छ । माधवी उपन्यासको समग्र विषयवस्तुभित्र करुणाको विशिष्ट सञ्चार गराइएको छ । यस आलेखमा माधवी उपन्यसमा करूण रसको अनुभूति अध्ययनका निम्ति चरित्रहरूको सुखात्मक र दुःखात्मक अवस्थाको आंकलन गर्दै तिनमा निहीत स्वनिष्ट र परनिष्ट करुणालाई आधार मानेर उपन्यसका प्रमुख चरित्र र अन्य चरित्रमा अनुभूत कारुणिकताको खोज, अध्ययन र विश्लेषण गरिएको छ । उत्तरवैदिककालीन आर्य र असुर समाजमा विद्यमान दासप्रथा अन्त्य गरी दासमुक्त समाज बनाउने उद्देश्य अनुरूप महर्षि विश्वामित्रले परिकल्पना गरेको दासमोचन यज्ञको पृष्टभूमिमा माधवीको विषयवस्तु प्रस्तुत गरिएको छ । विश्वामित्रका शिष्य गालवले गुरुदक्षिणा निम्ति अनुरोध गरेपछि विश्वामित्रले चारओटा श्यामकर्ण घोडा दक्षिणा स्वरुप मागिदिएकाले उपन्यासको समग्र कथानक कारुणिक बनेको छ । विश्वामित्रको गुरुदक्षिणाभारबाट मुक्त हुन गालवले ययातिपुत्री माधवीलाई माध्यम बनाएको छ । गालव र माधवी श्यामकर्ण घोडाप्राप्तिका निम्ति कोशल, काशी, भोजनगर र चम्पासम्म विचरण गर्दै आफ्नो उद्देश्यमा सफल हुन्छन्। चारओटा श्यामकर्ण प्राप्त गरुन्जेल र त्यसपछिका दिनहरूमा गालव र माधवीले गर्नु परेको कठोर व्रत र सङ्घर्षको जीवन गाथा नै करुणरसको मुख्य श्रोत हो। गुरु दक्षिणाभारबाट मुक्त भएपछि माधवी स्वयंवरमा गालव उपस्थित हुन नसक्दा माधवी वानप्रस्थी भएर हिँड्छे। उनीहरू केही वर्ष सँगसँगै रहेर गुरुदक्षिणाबाट पार भए पनि धेरै वर्ष एक्लाएकलै, एकले अर्कोलाई खोज्दै यायावरीय जीवन बिताउँछन्। अन्तमा माधवीकै सम्राट् पुत्रहरूले गर्न लागेको चतुःराष्ट्र वाजपेय यज्ञमा गालव र माधवी एक्ला एक्लै अनायस आइपुग्छन्। त्यहीं उनीहरूले यज्ञकर्ता राजाहरूलाई आफ्नो पूर्वगाथा सुनाउने व्रmममा माधवीको कथानक बुनिएको छ । यस उपन्यासका प्रमुख चरित्र गालव र माधवी, अन्य सहायक चरित्रहरू तथा दासदासीका जीवननिष्ट कारुणिकताको अध्ययन नै यस आलेखको मुख्य प्रस्तुति रहेको छ ।