गोधूलि संसार निबन्धमा वैचारिकता
Keywords:
विसङ्गति, जीवन, नैराश्य, विचारAbstract
प्रस्तुत लेखमा शङ्कर लामिछानेको ‘‘गोधूलि संसार’ निबन्धमा सन्निहित वैचारिकताको विश्लेषण गरिएको छ । यस लेखमा ‘गोधूलि संसार निबन्धलाई प्राथमिक स्रोतको सामग्रीका लिइएको छ भने वैचारिकताको सिद्धान्त निर्माणका लागि विविध सन्दर्भ सामग्री उपयोग गरिएको छ । यो लेख निर्माणका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा मूलतः ‘गोधूलि संसार निबन्धमा प्रकट भएको वैचारिकताका विषयमा अध्ययन गरिएको छ । यस लेखमा मानिसको जीवनमा कर्मविहीनताका कारण नैराश्यको कालो बादल मडारिन पुग्छ र यसैबाट विसङ्गतिबोध हुन पुग्छ भन्ने कुरा निबन्धको वैचारिक पक्ष बनेर आएको छ भन्ने देखाइएको छ । यस लेखमा इतिहासले गरेका गल्ती सुधार्ने ‘इरेजर बनाएर मानिसको व्यक्तित्व रगेडिएको विषय यस निबन्धमा आएको कुरा उल्लेख गरिएको छ । यस लेखमा मानिसको जीवन ‘हुनुपर्ने र ‘भइनँ को गोधूलि अवस्थामा रहेको हुन्छ भन्ने मूल विचार चेतनाप्रवाह शैलीबाट यस निबन्धमा प्रकट भएको छ भन्ने कुरा उल्लेख गरिएको छ । निबन्धमा भौतिक जीवनलाई भन्दा प्राकृतिक जीवनलाई समर्थन गरिएको र आजको मानिस प्राकृतिक गुण गुमाउँदै गएका कारण निकै यान्त्रिक जीवन बिताउन विवश बनेको निष्कर्ष यस लेखमा निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.