'थाङ्का' निबन्धमा प्रयुक्त सम्बद्धक युक्ति
DOI:
https://doi.org/10.3126/ire.v9i2.75084Keywords:
थाङ्का, प्रतिस्थापन, विलोपन, सङ्कथन, सम्बद्धक, सन्दर्भन, संयोजनAbstract
प्रस्तुत लेख व्यावसायिक विषयवस्तुमा आधारित ‘थाङ्का’ निबन्धको साङ्कथनिक अध्ययनमा आधारित छ । सङ्कथन विश्लेषणका मुख्य पक्ष सम्बद्धक र सम्बद्धनमध्ये सम्बद्धक र त्यसमा पनि व्याकरणिक सम्बद्धक उपयोगका दृष्टिले प्रस्तुत निबन्धको सूक्ष्म विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यसमा व्याकरणिक सम्बद्धकका सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन प्ररूपका मूल्य मान्यताबाट तथ्यहरूको खोजी गर्नुका साथै प्राप्त नतिजाको विश्लेषण गरी प्रस्तुत निबन्धको साङ्कथनिक र शैक्षणिक स्तर निरुपण गरिएको छ । गुणात्मक अनुसन्धानमा आधारित यस लेखमा संयोजन सबैभन्दा बढी र विलोपन कम प्रयोग भएको देखिन्छ । संयोजनको अधिकताले विचारलाई अंश अंशमा अलग्याएर सुबोध्य ठह¥याउन मद्दत गरेको देखिन्छ । प्रस्तुत निबन्धमा अभाव रहेको क्रियात्मक विलोपन तथा न्यून रूपमा प्रयुक्त तुलनात्मक सन्दर्भन, क्रियात्मक प्रतिस्थापन र उपवाक्यात्मक विलोपनले भाषाको अत्यधिक कसिलो बुनोटलाई खुकुलो बनाएको प्रस्ट हुन्छ । व्याकरणिक सम्बद्धकको प्रयोग सन्तुलित नदेखिए पनि तिनले तर्कपूर्ण विचार एवम् धारणा सम्प्रेषणमा व्यवधान सिर्जना गरेका छैनन् । निबन्धमा प्रयुक्त ती सम्बद्धकहरू विषयको सन्दर्भपूर्ण अन्वितिमा नै आबद्ध देखिन्छन् । त्यसैगरी ती सम्बद्धकहरूले पूर्ववर्ती विषय एवम् सन्दर्भलाई पश्चवर्ती सन्दर्भको संयोजन गर्नमा पनि उल्लेख्य भूमिका निर्वाह गरेको देखिन्छ । तसर्थ प्रस्तुत निबन्ध व्याकरणिक सम्बद्धक प्रयोगका आधारमा साङ्कथनिक र शैक्षणिक दृष्टिले पठनीय रहेको लेखको निष्कर्ष रहेको छ ।