शैक्षणिक दृष्टिले नेपाली बालकथाको अध्ययन
DOI:
https://doi.org/10.3126/ire.v9i2.75080Keywords:
बालकथा, विषयवस्तु, पात्रप्रयोग, भाषाशैली, शैक्षणिकताAbstract
प्रस्तुत लेख नेपाली बालकथाको अध्ययनमा आधारित रहेको छ । यस लेखको मुख्य उद्देश्य शैक्षणिक दृष्टिले नेपाली बालकथाको अध्ययन गर्नु रहेको छ भने यसका विशिष्ट उद्देश्यका रूपमा विषयवस्तु, पात्रप्रयोग, भाषाशैली र पठनबोधका दृष्टिले नेपाली बालकथाको शैक्षणिकता अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा कक्षा ‘छ’मा अध्ययनरत विद्यार्थीबाट प्राप्त प्रतिक्रियालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने अन्य सैद्धान्तिक सामग्रीबाट लिइएका सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा प्रयोग गरिएको छ । त्यसरी सङ्कलन गरिएका सामग्रीहरूलाई शैक्षणिकतासम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस सिलसिलामा नेपाली र अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको प्रयोग गरिएको छ । यस अध्ययनका आधारमा नेपाली बालकथाहरू विषयवस्तुका दृष्टिले शैक्षणिक देखिएका छन् भने पात्र प्रयोगका दृष्टिले ठिकै मात्र देखिएका छन् । भाषाशैलीका दृष्टिले भने नेपाली बालकथाहरू कम शैक्षणिक देखिएका छन् । पठनबोधका दृष्टिले हेर्दा नेपाली बालकथाहरू मध्यम प्रकृतिका देखिएका छन् । विद्यार्थीहरूले सम्बन्धित बालकथाहरूको अध्ययन गरी दिएका प्रतिक्रियाको विश्लेषणका आधारमा प्रायः सबै कथाहरू बालबालिकाको उमेर र स्तरअनुसारका नरहेका देखिन्छन्