शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तह, सेमेस्टर प्रणालीका प्रश्नप्रति विद्यार्थीको दृष्टिकोण

Authors

DOI:

https://doi.org/10.3126/ire.v8i2.60212

Keywords:

परीक्षण, प्रश्नपत्र, छपाइको गुणस्तर, अङ्कको तालमेल

Abstract

यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय स्नातक तहको सेमेस्टर प्रणालीमा आधारित प्रश्नपत्रप्रति शिक्षार्थीको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । क्षेत्रीय सर्वेक्षण विधिमा आधारित भई मतावलीलाई तथ्य सङ्कलनको साधन बनाइएको यस अध्ययनमा यादृच्छिक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको छ । यसमा शिक्षाशास्त्र, स्नातक तहमा अध्ययनरत ३० जना शिक्षार्थीलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । प्रश्नको छपाइमा स्पष्टताप्रति ८४ प्रतिशत परीक्षार्थीहरू सकारात्मक रहेका छन् । यो सन्तुष्टिको मध्यम स्थ्तिि हो । प्रश्नको भाषाशैलीप्रति ९४ प्रतिशत परीक्षार्थीहरूले सकारात्मक मत प्रकट गरेका छन् । यसलाई राम्रो स्तरको प्रतिक्रिया मान्न सकिन्छ । प्रश्नपत्रको समय र अङ्कको तालमेलप्रति परीक्षार्थीहरूले ९३ प्रतिशत सकरात्मक मत दिएका छन् । यसलाई पनि राम्रो स्तरको मान्न सकिन्छ । प्रश्न र शिक्षणसिकाइको सम्बन्धप्रति शत प्रतिशत परीक्षार्थीहरूले सकारात्मक छन् । यसले प्रश्नको स्तर निकै राम्रो रहेको जनाउँछ । प्रश्नपत्रको कागज र छपाइको गुणस्तरप्रति पनि शत प्रतिशत परीक्षार्थीहरू सकारात्मक छन् । यसलाई पनि निकै राम्रो स्तर मान्न सकिन्छ । समग्रमा सामान्य जम्मा पाँचओटा आधारमा लिइएको प्रतिक्रियामध्ये सबैमा ८० प्रतिशतभन्दा बढी नै सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले निर्दिष्ट कक्षाका लागि बनाई उपयोगमा ल्याइएका प्रश्नहरूको गुण र प्रश्नपत्रको संरचना राम्रो रहेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
146
pdf
141

Downloads

Published

2023-12-31

How to Cite

Khanal, R., Maharjan, S. B., & Maharjan, I. (2023). शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तह, सेमेस्टर प्रणालीका प्रश्नप्रति विद्यार्थीको दृष्टिकोण. Interdisciplinary Research in Education, 8(2), 68–74. https://doi.org/10.3126/ire.v8i2.60212

Issue

Section

Research Article