नेपाली भाषा शिक्षणमा आन्तरिक मूल्याङ्कनको अभ्यास
DOI:
https://doi.org/10.3126/ire.v8i2.60209Keywords:
भाषा शिक्षण, आन्तरिक मूल्याङ्कन, परियोजना कार्य, भाषिक सिप, कक्षा सहभागिताAbstract
प्रस्तुत लेख नेपाली भाषा शिक्षणमा आन्तरिक मूल्याङ्कन प्रयोगको अवस्था प्रस्तुत गरी विद्यमान समस्या र समस्याको समाधानका लागि उपाय सुझाउने उद्देश्यले तयार पारिएको छ । गुणात्मक ढाँचामा आधारित यो लेखका लागि सामग्री सङ्कलन स्थलगत रूपमा अध्ययन क्षेत्रमा पुगेर गरिएको छ । यस लेखमा उद्देश्यपरक नमुना छनोट विधिका आधारमा छानिएका ५ ओटा विद्यालयहरूले २०७८ सालको एसइई परीक्षामा नेपाली विषयका लागि प्रदान गरेको २५ पूर्णाङ्कको आन्तरिक मूल्याङ्कनको अङ्क तथा ५ ओटा विद्यालयका ५ जना नेपाली विषय शिक्षकसँग यसका सम्बन्धमा गरिएको कुराकानी प्राथमिक स्रोतको तथ्याङ्कका रूपमा रहेको छ । लेखकद्वारा गरिएका दाबी पुष्टि गर्न पूर्ववर्ती अध्येतासँग संवाद गर्दै विभिन्न तर्क, प्रमाण र उदाहरणहरू पेस गरिएको छ र आवश्यक व्याख्या विश्लेषण गर्दै निष्कर्षमा पुगिएको छ । अध्ययनबाट नेपाली भाषाको आन्तरिक मूल्याङ्कनमा पाठ्यव्रmम निर्देशित व्यवस्थाको ख्याल नगर्ने, विद्यार्थीलाई प्रयोगात्मक कार्य नगराउने, आन्तरिक मूल्याङ्कनको कुनै अभिलेख नराख्ने तथा मनोमानी ढङ्गले उच्च अङ्क प्रदान गर्ने जस्ता समस्याहरू पहिचान गरिएका छन् । यस्ता समस्या समाधान गर्न पाठ्यव्रmममा स्पष्ट निर्देशनको व्यवस्था गर्ने, विषय शिक्षक र विद्यालयहरूले पाठ्यव्रmममा उल्लिखित व्यवस्थाको पूर्ण परिपालना गर्ने, पाठ्यव्रmम प्रयोगका सम्बन्धमा प्रबोधीकरण गर्ने, प्रयोगात्मक कार्यलाई कक्षा शिक्षणमा अनिवार्य बनाउने, अभिलेखको उचित व्यवस्थापन गर्ने, कार्यका आधारमा मात्र अङ्क प्रदान गर्ने तथा विद्यार्थी, विषय शिक्षक र विद्यालयको धारणामा परिवर्तन गर्ने आदि उपायहरू यस लेखमा सुझाइएको छ । यी सुझावहरूलाई कार्यान्वयन गर्न सकेको खण्डमा नेपाली भाषा शिक्षणमा आन्तरिक मूल्याङ्कनको उपयोग सबल तथा प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।