आवधिक योजना अवधिमा पुँजीगत खर्च र स्रोत व्यवस्थापनको समीक्षा

Authors

  • Min Raj Poudel
  • Bhanu Bhakta Pandey
  • Rajendra Kumar Pokhrel

DOI:

https://doi.org/10.3126/ire.v8i2.60207

Keywords:

आवधिक योजना, पुँजीगत खर्च, वैदेशिक अनुदान, राजस्व, सार्वजनिक ऋण

Abstract

यो अध्ययन व्याख्यात्मक अध्ययन ढाँचामा आधारित छ । नेपालका आवधिक योजनाहरुलाई संगणना विधिका आधारमा छनोट र पुस्तकालयीय विधिका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा द्वितीय तथ्याङ्कको मात्र प्रयोग गरिएको छ । संकलित तथ्यांकहरुको विश्लेशण शाब्दिक, अंक, र प्रतिशतका माध्यमबाट गरिएको छ । यस अध्ययनको उद्देश्य आवाधिक योजनाअवधिमा पूँजीगत खर्चको अवस्था र त्यसको श्रोत व्यवस्थापनको समिक्षा गर्नु रहेको छ । यध्ययनको निश्कर्षमा के देखिन्छ भने पहिलो योजना अवधिमा शासकीय संरचनाका कार्यहरु मात्र भए भने दोस्रोदेखि सातौंसम्म पञ्चायती व्यवस्था अनुकुलका कार्यहरु मात्र भए । त्यसैगरी आठौंदेखि हालसम्म आर्थिक विकासका सुधारात्मक कार्यहरु मात्र भए । विनियोजित पुँजीगत खर्च, राजस्व परिचालन र वैदेशिक सहयोग तथा अनुदान लक्ष्य अनुरुप परिचालन हुनसकेको देखिदैन । दसौं योजनादेखि चालु खर्च पूँजीगत खर्चभन्दा उच्च हुँदै आएको देखिन्छ । सार्वजनिक ऋणको भार तिब्र दरमा बढेको छ । २०७६ असारदेखि २०७९ फागुन मसान्तसम्म (४४ महिनामा) उक्त ऋण झण्डै दोब्बर (९३.५१ प्रतिशत) ले वृद्धि भएको छ । नेपालीको प्रतिव्यक्ति आय अत्यन्तै न्यून दरमा वृद्धि भएको छ । दिगो आर्थिक विकासका लागि देशभित्रको मानव तथा प्राकृतिक साधन र स्रोतको दिगो परिचालन गर्न कुल गार्हस्थ्य बचतमा वृद्धि गर्नुपर्ने देखिन्छ । त्यसका लागि तत्काल सरकारी उपभोगको क्षेत्रमा मितव्ययिता अपनाउँदै राष्ट्रिय अर्थतन्त्रको उत्पादन क्षमतामा वृद्धिका लागि कुल गार्हस्थ्य उत्पादनको बढ्दो अंश लगानीतर्फ प्रवाहित गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
119
pdf
144

Downloads

Published

2023-12-31

How to Cite

Poudel, M. R., Pandey, B. B., & Pokhrel, R. K. (2023). आवधिक योजना अवधिमा पुँजीगत खर्च र स्रोत व्यवस्थापनको समीक्षा. Interdisciplinary Research in Education, 8(2), 1–20. https://doi.org/10.3126/ire.v8i2.60207

Issue

Section

Research Article