‘प्रिय मौनता’ कविता सङ्ग्रहमा प्रतीकको उपयोग

Authors

  • राजेन्द्र खनाल

DOI:

https://doi.org/10.3126/ire.v8i1.56723

Keywords:

प्राणीजन्य प्रतीक, वस्तुजन्य प्रतीक, परिवेशजन्य प्रतीक, प्रतीकात्मक

Abstract

‘प्रिय मौनता’ कविता सङ्ग्रहमा उपयोग गरिएका प्रतीक पहिचान गरी तिनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । वर्णनात्मक विधिमा आधारित यस लेखमा पुस्तकालीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी तिनको विश्लेषण गरिएको छ । यस लेखमा प्रतीकविधानको सैद्धान्तिक स्वरूप उल्लेख गरिएको छ । उक्त सिद्धान्तमा आधारित भई प्राणीजन्य प्रतीक, वस्तुजन्य प्रतीक तथा परिवेशजन्य प्रतीक पहिचान गरी विश्लेषण गरिएको छ । विश्लेष्य कवितासङ्ग्रह समाविष्ट कविताहरूमा भावनात्मक प्रकटन मात्र नभई ज्ञान र अनुभवको मिश्रण पनि पाइन्छ । सङ्गृहीत कविताहरूमध्ये अधिकांश कवितामा नारीवादी विचार सघन देखिन्छ भने लैङ्गिक समभाव एवम् सन्तुलनको अपेक्षा पनि गरिएको छ । सङ्ग्रहका केही कवितामा सांस्कृतिक सचेतना प्रकट भएको छ भने कतिपय कवितामा समसामयिक नेपाली समाजका विकृति एवम् विसङ्गतितर्पm व्यङ्ग्य पनि गरिएको छ । कविद्वारा वर्गीय, लैङ्गिक तथा मानवतावादी विचारलाई प्रभावमय  बनाउनका निम्तिसान्दर्भिक प्रतीकको उपयोग गरिएको छ । कविता सङ्ग्रहमा प्रायः प्रतीक पदावलीकै रूपमा उपयोग गरिएको छ । विभिन्न कवितामा एउटै प्रतीक पनि दुई वा सोभन्दा बढी स्थानमा प्रयुक्त छन् । कवितामा वस्तुजन्य प्रतीकको आधिक्य पाइन्छ । कविताको शीर्षक र विषयवस्तुअनुसारका प्रतीक प्रयोगले प्रस्तुति अर्थपूर्ण र प्रभावकारी बनेको देखिन्छ । कवितामा प्रतीकका कारण कविले व्यक्त गर्न चाहेको भाव तथा विचार शिष्ट र आलङ्कारिक शैलीमा सघन किसिमले प्रकट भएको देखिन्छ । सघन भाव र विचार प्रस्तुतिका लागि प्रतीकको समीचीन प्रयोगमा कवि सचेत र सक्षम देखिन्छन् ।

Downloads

Download data is not yet available.
Abstract
69
pdf
120

Downloads

Published

2023-08-08

How to Cite

राजेन्द्र खनाल. (2023). ‘प्रिय मौनता’ कविता सङ्ग्रहमा प्रतीकको उपयोग. Interdisciplinary Research in Education, 8(1), 22–30. https://doi.org/10.3126/ire.v8i1.56723

Issue

Section

Research Article