समकालीन नेपाली कथामा प्रयुक्त कथानकका स्रोत
DOI:
https://doi.org/10.3126/ire.v7i2.50468Keywords:
पुनर्सिजन , प्रतिस्थापन, मिथक, रागात्मक सौन्दर्यAbstract
प्रस्तुत लेखमा समकालीन नेपाली कथाहरुलाई पाठका रुपमा लिई तिनमा प्रयुक्त कथानकका स्रोतहरुको पहिचान र समाख्यानात्मक प्रभावकारिताको मूल्याङ्कन गरिएको छ । २०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनपछिका समकालीन नेपाली कथाहरुमा प्रयुक्त कथानककास्रोतका रुपमा यथार्थमूलक अनुभव, इतिहास, मिथक, रागात्मक सौन्दर्य र स्वैरकल्पनालाई लिइएको छ भन्ने देखाई कथामा ती स्रोतका विषयक्षेत्रका घटना, पात्र, परिवेश र चिन्तनले खेलेको भूमिकालाई स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा कथानकको स्रोतविश्लेषणका निम्ति सोद्देश्यमूलक रुपमादस कथा छनोट गरी कथानकका स्रोतसम्बन्धी आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बनका साथ पाठगत विश्लेषण गरिएको छ । यसमा यथार्थमूलक अनुभव र रागात्मक सौन्दर्यलाई स्रोतका रुपमा लिइएका कथाहरुसँग पाठकीय निकटता अधिक रहेको र इतिहास, मिथक एवम् स्वैरकल्पनालाई स्रोतका रुपमा लिएका कथाहरुमा पुजर्सिर्जना रहने हुँदा बौद्धिकता र साङ्केतिकताको अधिकताका कारण कलात्मक प्रभावकारिता समृद्ध भएको देखिएको छ भने अधिकांश कथा एकल स्रोतका रहे पनि स्रोतगत मिश्रणको सम्भावनाबाट समेत केही कथाले नवीनता पाएको निष्कर्ष यस लेखमा निकालिएको छ ।