स्नातकोत्तर नेपाली शिक्षा शोध प्रतिवेदनहरूमा एपिए शैली तथा सन्दर्भाङ्कन प्रयोग स्थिति

Authors

  • दिनेश घिमिरे

DOI:

https://doi.org/10.3126/ire.v6i1.43434

Abstract

प्रस्तुत लेख शिक्षाशास्त्र सङ्काय त्रि.वि.अन्तर्गतनेपाली शिक्षा विषयमा स्नातकोत्तर तहका शोध प्रतिवेदनहरूमा शैली, सन्दर्भाङ्कन र सन्दर्भ ग्रन्थसूची प्रयोगसम्बन्धी अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । शोध प्रतिवेदनहरूमा एपिए शैलीलाई आधारमानी उद्देश्यपरक किसिमले चुनिएका उपत्यका वरपरका पाँचओटा क्याम्पसका २५ ओटा शोध प्रतिवेदनहरूलाई नमुनालिएर गुणात्मक ढाँचा र वर्णनात्मक विधि अवलम्बन गरीक्षेत्रकार्य र पुस्तकालयीय अध्ययनबाट सङ्कलित सामग्रीको विश्लेषणबाट निष्कर्षमा पुगिएको छ । यस अध्ययनबाट उक्त शोध प्रतिवेदनहरू एपिए शैलीमा आधारित रहे पनि त्यसको पूर्ण पालना हुन नसकेको, शोध प्रतिवेदन लेखनमा विभिन्न संस्थाहरूका बिच र अझ एउटै संस्थाका विभिन्न निकायहरूका बिचमा समेत एकरूपताको अभाव रहेको, निर्दिष्ट शैलीको सबैभन्दा कम अनुपालन शीर्षक रखाइ, सन्दर्भाङ्कन र शोधसार लेखनमा अनि सबैभन्दा बढी यसको छपाइमा भएको देखिएको छ । त्यस्तै शोध प्रतिवेदनहरूको विधि तथा प्रव्रिmयाअति छोटो, कतिपयमा त अपूर्ण रहेको अनि सम्बद्ध साहित्यको पुनरावलोकन पक्ष पनि अपूर्ण र कमजोर रहेको देखिन्छ । यसबाट शोध प्रतिवेदनहरूमा एकरूपता कायम गर्र्नेतर्फ शोधार्थीलगायत सम्बन्धित निकाय सबै सजग हुनुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
188
pdf
811

Downloads

Published

2021-06-30

How to Cite

दिनेश घिमिरे. (2021). स्नातकोत्तर नेपाली शिक्षा शोध प्रतिवेदनहरूमा एपिए शैली तथा सन्दर्भाङ्कन प्रयोग स्थिति. Interdisciplinary Research in Education, 6(1), 165–174. https://doi.org/10.3126/ire.v6i1.43434

Issue

Section

Research Article