शिक्षाशास्त्र सङ्कायतर्फ सेमेस्टर प्रणाली न्यून नतिजा समस्या एक कारण अनेक

Authors

  • बालकृष्ण अधिकारी

DOI:

https://doi.org/10.3126/ire.v6i1.43432

Abstract

यो लेख सेमेस्टर प्रणाली र त्यस प्रणालीअन्तर्गत त्रि.वि.को शिक्षाशास्त्र सङ्कायको एम.एड. प्रथम सेमेस्टरको नतिजा विश्लेषणसँग सम्बन्धित छ । यस लेखमा त्रि.वि. शिक्षाशास्त्र सङ्कायको एम.एड. तहको नतिजा कम हुनाका कारणहरूको विश्लेषण गरिएको छ । लेखा तयार गर्ने क्रममा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी द्वितीय तथ्याङ्कलाई आधार मानिएको छ । त्रि.वि. शिक्षाशास्त्र सङ्कायअन्तर्गत एम.एड कार्यक्रम सञ्चालन गरेका देशका विभिन्न ९९ वटा क्याम्पसहरूलाई नमुनाको रूपमा छनोट गरी तिनीहरूको नतिजालाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरी यो लेख तयार पारिएको छ । प्रवेश परीक्षा नाममात्रको हुनु, सिकाइको निमित्त आँकलन नहुनु, विद्यार्थीहरूको सिकाइप्रतिको जिम्मेवारी कम हुनु जस्ता समस्याहरूले गर्दा नतिजा कम भएको पाइन्छ । यस लेखले शिक्षाशास्त्रले सञ्चालन गरेको सेमेस्टर प्रणालीमा सुधार गर्ने सम्बन्धित सबै सरोकारहरूलाई जस्तै प्राध्यापक, क्याम्पस, प्रशासक सम्बन्धित सङ्कायका डीन तथा विद्यार्थीहरूलाई जिम्मेवार बनाउने छ । स्नातकोत्तर तह (एम.एड) प्रथम वर्षमा शैक्षिक वर्ष २०७६ मा भर्ना भएर अध्ययनरत विद्यार्थीहरूको नतिजा कम हुनुका कारणहरूको पहिचान गरी सुधारका लागि सुझावहरू प्रस्तुत गर्न यो लेख केन्द्रित छ ।

Downloads

Download data is not yet available.
Abstract
118
pdf
184

Downloads

Published

2021-06-30

How to Cite

बालकृष्ण अधिकारी. (2021). शिक्षाशास्त्र सङ्कायतर्फ सेमेस्टर प्रणाली न्यून नतिजा समस्या एक कारण अनेक. Interdisciplinary Research in Education, 6(1), 136–152. https://doi.org/10.3126/ire.v6i1.43432

Issue

Section

Research Article