'छाउपडी' उपन्यासका नारी पात्रमा प्रतिनिधित्व, पहिचान र प्रतिरोध

Authors

  • शालिकराम पौड्याल

DOI:

https://doi.org/10.3126/ire.v5i1-2.34744

Abstract

छाउपडी उपन्यासमा प्रयुक्त पात्रहरूको कार्यात्मक भूमिकाका आधारमा प्रतिनिधित्व, पहिचान र प्रतिरोधको स्थिति स्पष्ट रूपमा देख्न सकिन्छ । प्रस्तुत उपन्यासमा जातीय, लैङ्गिक, क्षेत्रीय, वर्गीय तथा संस्कार र सांस्कृतिकतालाई प्रतिनिधित्व र पहिचान गर्ने मूल आधार मानिएको छ । उपन्यासमा सीमान्तकृत वर्गमा नारी र पुरुषहरू रहे पनि यस लेखमा नारी पात्रहरूको मात्र प्रतिनिधित्व, पहिचान र प्रतिरोधको स्थितिको खोजी गरिएको छ । उपन्यासका पात्रहरूको सामाजिक आर्थिक हैसियत र तिनको जीवनशैली, आचार, व्यवहारले पनि तिनीहरूले भिन्न भिन्न वर्गीय पात्रका रूपमा विविध ढङ्गले प्रतिनिधित्व गरेका छन् । उपन्यासका सीमान्तीय पात्रहरूले सामन्तवादी सांस्कृतिक उत्पीडनको अवस्थामा पुगेका श्रमिक नारीहरूको प्रतिनिधित्व गरेका छन् । ज्ञान र शक्ति विहिनताले शक्तिको परिधिमा पुर्याइएका, नारी अस्मिता र अस्तित्व पहिचान निर्माणमा सचेत हुँदाहुँदै पनि आफ्नो स्वपहिचान र आत्मपहिचानलाई जोगाउन नसकेका नारी पात्रहरू आएका छन् । सीमान्त वर्गका नारी पात्रहरूले आफ्नो स्वपहिचान र आत्मपहिचानलाई जोगाउन सङ्घर्ष गर्दागर्दै पनि प्रतिरोधमा सफल नदेखिएको सन्दर्भ उपन्यासमा चित्रित भएको छ । यसमा सामाजिक अवस्था र लैङ्गिक उत्पीडनका कारण सीमान्तीकृत वर्गमा रहेका नारी पात्रको प्रतिनिधित्व, पहिचान र प्रतिरोधको अध्ययन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
401
PDF
279

Downloads

Published

2021-02-05

How to Cite

पौड्याल श. (2021). ’छाउपडी’ उपन्यासका नारी पात्रमा प्रतिनिधित्व, पहिचान र प्रतिरोध. Interdisciplinary Research in Education, 5(1-2), 133–144. https://doi.org/10.3126/ire.v5i1-2.34744

Issue

Section

Articles