बज्जिका र नेपाली भाषाका वाक्यसंरचनाको व्यतिरेकी अध्ययन

Authors

  • Keshab Raj Pokhrel

DOI:

https://doi.org/10.3126/ire.v4i2.27938

Keywords:

भाषिक संरचना, लक्ष्यभाषा, व्यतिरेक, सङ्गति, स्रोतभाषा

Abstract

यस आलेखमा बज्जिका र नेपाली भाषाका वाक्यसंरचनाको लिङ्ग, वचन, पुरुष र आदरका आधारमा व्यतिरेकी अध्ययन गरिएको छ । पुस्तकालयीय र क्षेत्रीय विधि अँगाली गरिएको यो अध्ययन मूलतः शैक्षणिक प्रयोजनमा आधारित छ । बज्जिका र नेपाली भाषा भारोपेली परिवारकै भए पनि यी दुई भाषाको वाक्यसंरचनामा समानता र भिन्नता छन् । बज्जिका र नेपाली भाषाका संरचनाको तुलना र व्यतिरेकी अध्ययन गर्दा लिङ्ग र वचनसङ्गतिका दृष्टिले कर्ता—क्रिया, विशेषण–विशेष्य, भेद्य–भेदकको सङ्गतिमा पर्याप्त भिन्नता पाइन्छ भने त्यसको निरन्तरता पुरुष र आदरसङ्गतिको सहभागिता, कर्ता—क्रिया र वचनमा पनि देखिन्छ । तसर्थ निष्कर्षमा बज्जिका र नेपाली भाषाको वाक्यसंरचनाका विभिन्न भेदमा भिन्नता देखिने भएकाले बज्जिका मातृभाषी वक्ताले लक्ष्य भाषाका रूपमा नेपाली सिक्दा स्रोतभाषाका कारण कठिनाइ हुनाका साथै त्रुटि गर्ने सम्भावना रहेको औंल्याइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
465
pdf
1019

Downloads

Published

2019-12-31

How to Cite

Pokhrel, K. R. (2019). बज्जिका र नेपाली भाषाका वाक्यसंरचनाको व्यतिरेकी अध्ययन. Interdisciplinary Research in Education, 4(2), 231–244. https://doi.org/10.3126/ire.v4i2.27938

Issue

Section

Articles