नेपालमा बोलिने भाषाहरूको परिचय

Authors

  • Kusmila Acharya

DOI:

https://doi.org/10.3126/ire.v4i2.27937

Abstract

प्रस्तुत लेख विश्वमा बोलिने भारोपेली, द्रविड, मलय पोलिनेसियन, ककेसियाली, अष्ट्रिक, जापानीकोरियाली, युराल–अल्ताइली, अमेरिकाली, चिनीयाँ–तिब्बती र अफ्रिकाली भाषापरिवार मध्ये नेपालमा बोलिने भारोपेली, द्रविड, अष्ट्रिक र चिनीयाँ–तिब्बतीभाषाहरूको अध्ययनमा केन्द्रित छ । संसारमा धेरै भाषा परिवारका भाषाहरू बोल्ने मत पाइए पनि अधिक भाषाशास्त्रीहरूको मतमा संसारमा १० वटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । जसमध्ये नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४ वटा भाषापरिवार र एउटा एकल परिवारको भाषा गरी १२३ वटा भाषाहरू बोलिन्छन् । प्रस्तुत लेखमा नेपालमा बोलिने भाषा परिवारका भाषाहरूको २०५८ र २०६८ को जनगणना अनुसार तुलनात्मक अध्ययन गरिएको छ । यसमा उक्त १२३ भाषामध्ये चारवटा भाषामध्ये चारवटा भाषा परिवार र एउटा एकल भाषा परिवार अन्तर्गत वक्ता सङ्ख्याको बाहुल्यता भएका जम्मा ३० वटा भाषाको परिचय, प्रयोग क्षेत्र, वक्तासङ्ख्या र प्रतिशतका बारेमा चर्चा गरिएको छ । यसका लागि राष्ट्रिय जनगणना २०६८ का तथ्याङ्कलाई मुख्य आधार मानिएको छ । यस लेखले अब हुने नेपालको बाह्रौं राष्ट्रिय जनगणना २०७८ मा भाषिक गणनालाई व्यवस्थित बनाउनुपर्ने कुराप्रति सङ्केत पनि गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
3692
pdf
6728

Downloads

Published

2019-12-31

How to Cite

Acharya, K. (2019). नेपालमा बोलिने भाषाहरूको परिचय. Interdisciplinary Research in Education, 4(2), 215–230. https://doi.org/10.3126/ire.v4i2.27937

Issue

Section

Articles