कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षण Kakshya dashma Adhyanrat Biddhyarthiko Bhasha Sampadan Sakshyamatako Parikshan
DOI:
https://doi.org/10.3126/ire.v4i1.25738Keywords:
भाषा, Bhasha, परीक्षण Parikshan, प्रारूप Prarup, सक्षमता Sakshamata, सम्पादन sampadan, KathmanduAbstract
प्रस्तुत लेख कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षणसँग सम्बन्धित छ । यस अध्ययनमा काठमाडौँ जिल्लाको कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीलाई नमुनाको रूपमा लिइएको छ । लैङ्गिकता, भाषिक पृष्ठभूमि र विद्यालय प्रकृतिलाई आधार बनाई तथ्याङ्कशास्त्रीय विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । विद्यार्थीको सक्षमतालाई विषयवस्तुको सङ्गठन, भाषा र व्याकरण, शब्दचयन र पुनरावृत्ति, प्रस्तुतीकरण, प्रारूप र शैली तथा स्पष्टताका आधारमा अङ्कन गरी परीक्षण गरिएको छ । समग्रमा विद्यार्थीको भाषा सम्पादन सक्षमता ५०.६२ प्रतिशत रहेको छ । छात्रा, पहिलोभाषी र संस्थागत विद्यालयका विद्यार्थीको भाषा सम्पादन राम्रो रहेको देखिन्छ । स्पष्टता, विषयवस्तुको सङ्गठन र भाषा तथा व्याकरणमा विद्यार्थीको सक्षमता पनि मध्यम स्तरको देखिए पनि शब्दचयन र पुनरावृत्ति (४१.८७%) तथा प्रस्तुतीकरण, प्रारूप र शैलीमा भने कमजोर देखिएको छ । यसर्थ विद्यार्थीले लेख्य सामग्रीको पुनः परिष्कार, पुनः परिमार्जन र सम्पादन गर्न सक्ने सीपको विकास गर्न आवश्यक रहेको तथ्य पुष्टि हुन्छ । यस अध्ययनले भाषा सम्पादन सक्षमताप्रति चासो राख्ने सम्पूर्ण सरोकारवालालाई सहयोग पुग्ने विश्वास लिइएको छ ।