प्रारम्भिक तहमा मातृभाषामा शिक्षाप्रति सरोकारवालाहरुको बुझाइ Prarambhik Tahama Matribhjashamaa Shikshyaprati Sarokarwalaharuko Bujhai
DOI:
https://doi.org/10.3126/ire.v4i1.25737Keywords:
मातृभाषा, Matribhasha, बहुभाषिक कक्षा, Bahubhashik kakshya, संज्ञानात्मक विकास जातीय पहिचान, एक भाषिक सोच, Ek Bhashik Soch, बहुभाषिक सोच, Bahubhashik SochAbstract
प्रस्तुत अध्ययनको उद्देश्य प्रारम्भिक तहमा मातृभाषामा शिक्षाप्रति सरोकारवालाहरूको बुझाइ पत्ता लगाउनु हो । यो अध्ययन स्थानीय मातृभाषा शिक्षाको माध्यम हुनुपर्छ भन्ने अभिमत
सङ्कलनमा आधारित भएर गरिएको छ । गुणात्मक ढाँचामा गरिएको यो अध्ययन व्याख्यात्मक प्रकृतिको छ । असंभावनात्मक नमुना छनौट विधिद्वारा छानिएका सरोकारवालाहरुसँगको अन्तर्वार्ताबाट र विद्यालयका शैक्षिक गतिविधिको अवलोकनबाट सूचना सङ्कलन गरिएको छ । यसमा स्थानीय मातृभाषाका रूपमा नेवारी भाषालाई लिइएको छ । नेवारी भाषालाई माध्यम भाषाका रूपमा र विषयका रूपमा पढाइने गरेका दुईओटा विद्यालयमा आधारित भएर सामग्री सङ्कलन गरिएको छ ।
बहुभाषिक मिश्रित समाजमा रहेको विद्यालयमा एउटा स्थानीय भाषालाई माध्यम र विषयका रूपमा शिक्षण गर्दा अन्य मातृभाषी विद्यार्थीको अवस्था के हुन्छ, उनीहरूका लागि कस्तो सोच बनाइएको छ भन्ने कुराको खोजी गरिएको छ । अध्ययनबाट एक वा द्विभाषिक कक्षाका लागि मातृभाषामा शिक्षा दिन सकिए पनि बहुभाषिक कक्षामा स्थानीय मातृभाषामा शिक्षा दिँदा स्थानीयहरूमा आफ्नो पहिचानवादी सोच हावी भएको र नीति निर्माण तहमा रहेकाहरूले स्थानीय मातृभाषालाई जोड दिँदा अल्पसङ्ख्यामा रहेका अन्य मातृभाषीहरुले आफ्नो मातृभाषामा शिक्षा पाउनुका सट्टा आफूले नजानेको थप भाषा पढ्न बाध्य हुनुपर्ने अवस्था देखिएको छ ।