लिपिहरूको परिचय र विकासक्रमको अवस्था

Authors

  • हेमा Hema जोशी Joshi विद्यावारिधि अनुसन्धानरत, सुदूरपश्चिम विश्वविद्यालय, कञ्चनपुर, नेपाल https://orcid.org/0009-0002-1895-4489

DOI:

https://doi.org/10.3126/ijar.v2i1.72815

Keywords:

पौराणिक, चित्रात्मक, भावमूलक, ब्राह्मी, देव नागरी

Abstract

प्रस्तुत आलेखमा लिपिहरूको परिचय र विकासक्रमको अवस्थाको बारेमा अध्ययन तथा विश्लेषण गरिएको छ । लिपि भनेको कुनै पनि भाषाको लेखन रूप हो । मानवभाषालाई अङ्किात गर्ने साधन विशेषलाई लिपि भनिन्छ । लिपिले मानव भाषालाई अङ्कित गर्ने कार्य गर्दछ । सामान्यतया शाब्दिक ध्वनिलाई दृश्य चिह्नमार्फत् अभिव्यक्ति गर्ने कलालाई लेखन भनिन्छ र लेखन लिपिविना सम्भव छैन । जुनसुकै क्षेत्रको प्रामाणिक इतिहास खोज्नका लागि लिपिको ज्ञान अनिवार्य सर्त हो । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिन्हलाई लिपि भनिन्थ्यो । लिपि एउटा समाजको ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । विभिन्न विषय वस्तु, भाव र विचार जनाउन हामी जति ध्वनि निकाल्छौँ ती प्रतीक वा चिह्न हुन् भने लिपिबद्ध पनि यस्तै मुखोच्चारित ध्वनिहरूका ठाउँमा आएका चिन्ह हुन् । प्रस्तुत लेख प्रचलित लिपिहरूको विकास कसरी भएको छ ? लिपिको विकासक्रममा के कस्ता लिपिहरू देखापरे ? भन्ने उद्देश्यले तयार पारिएको छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतःपुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क,प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । प्रचलित लिपिसँग सम्बन्धित चित्र लिपि, सूत्र लिपि, प्रतीकात्मक लिपि, भावमूलक लिपि, भाव ध्वनिमूलक लिपि, ध्वनिमूलक लिपिको बारेमा व्याख्या भएको पाइन्छ । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिन्हले महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष प्रस्तुत आलेखमा निकालिएको छ ।
शब्दकुञ्जीः पौराणिक, चित्रात्मक, भावमूलक, ब्राह्मी, देव नागरी

Downloads

Download data is not yet available.
Abstract
24
pdf
9

Downloads

Published

2024-12-20

How to Cite

जोशी Joshi ह. H. (2024). लिपिहरूको परिचय र विकासक्रमको अवस्था . Intellectual Journal of Academic Research, 2(1), 127–134. https://doi.org/10.3126/ijar.v2i1.72815

Issue

Section

Research Articles