कम्युनिस्ट लिगको वैज्ञानिक समाजवादी चिन्तनमा आधारित राजनीतिक तथा साङ्गठनिक कार्यक्रमको दस्तावेज: कम्युनिस्ट घोषणापत्र

Authors

  • गोविन्दप्रसाद Govinda Prasad मैनाली Mainali विद्यावारिधी अनुसन्धानरत, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँ, नेपाल https://orcid.org/0009-0003-7803-3283

DOI:

https://doi.org/10.3126/ijar.v2i1.72812

Keywords:

वैज्ञानिक समाजवाद, मजदुर तथा सर्वहारावर्ग, वुर्जुवा पुँजीवाद, समाजवादी क्रान्ति, राजनीतिक संघर्षको कार्यक्रम

Abstract

कम्युनिस्ट लिगको राजनीतिक कार्यक्रमको रूपमा रहेको कम्युनिस्ट घोषणापत्रको अध्ययन गर्नु यस आलेखको प्रमुख उद्देश्य हो । माक्र्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट लिगको राजनीतिक कार्यक्रमको रूपमा कम्युनिस्ट घोषणापत्र लेखेका थिए । यस घोषणापत्र लेखेपछि विश्व राजनीतिमा विधिवत रूपमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव भएको थियो । यसैलाई मिहिन, सूक्ष्म र प्रस्टसँग अध्ययन गर्नु यस आलखेको प्रमुख उद्देश्य हो । यस आलेखको अध्ययन विधि आगनात्मक विधि हो । यस आलखेको अध्ययन ढाँचा ऐ्तिहासिक, वर्णनात्मक र विवरणात्मक ढाँचा हो । सङ्कलन गरिएको उक्त सामाग्रीलाई गुणात्मक विश्लेषण विधि मार्फत विश्लेषण गरी अध्ययनको निष्कर्ष निकालिएको छ । यस आलेखको अध्ययन गर्दा कम्युनिस्ट लिग र कम्युनिस्ट घोषणापत्रलाई प्रमुख आधार मानिएको छ । यिस आलेखको अध्ययनले कम्युनिस्ट लिगको वैज्ञानिक समाजवादी चिन्तनमा आधारित राजनीतिक तथा साङ्गठनिक कार्यक्रम कम्युनिस्ट घोषणापत्र हो भन्ने ज्ञान प्राप्त हुन्छ । विश्व समाजवादी आन्दोलनमा मजदुर तथा सर्वहारावर्गले पनि त्यस समयमा आनो राजनीतिक मुक्तिका निम्ति ठोस राजनीतिक कार्यक्रम नपाउँदा त्यस समयका काल्पनिक समाजवादी चिन्तकका अमूर्त समाजवादी चिन्तनमा अल्मलिन पुगेका थिए । जसका कारण मजदुर तथा सर्वहारावर्गको आन्दोलनले कुनै पनि गति लिन सकेको थिएन । यस आलेखमा यही कम्युनिस्ट लिग र कम्युनिस्ट घोषणापत्रको बारेमा अध्ययन गरिएको हुँदा यस आलेखको विशेष महत्व छ ।

Downloads

Download data is not yet available.
Abstract
15
pdf
6

Downloads

Published

2024-12-20

How to Cite

मैनाली Mainali ग. G. P. (2024). कम्युनिस्ट लिगको वैज्ञानिक समाजवादी चिन्तनमा आधारित राजनीतिक तथा साङ्गठनिक कार्यक्रमको दस्तावेज: कम्युनिस्ट घोषणापत्र. Intellectual Journal of Academic Research, 2(1), 101–110. https://doi.org/10.3126/ijar.v2i1.72812

Issue

Section

Research Articles