चुली उपन्यासमा सांस्कृतिक पर्यावरण
DOI:
https://doi.org/10.3126/ijar.v2i1.72811Keywords:
चोमोलोङ्मा, जुङ्ता, भोटेचिया, पर्यावरण, संस्कृतिAbstract
प्रस्तुत लेख उपन्यासकार सरुभक्तद्वारा लिखित चुली उपन्यासमा प्रयुक्त पर्यावरणीय संस्कृतिको विश्लेषणमा केन्द्रित रहेको छ । पर्यावरणीय अध्ययन खासगरी उत्तरआधुनिक युगमा विकसित अन्तर्विषयक समालोचना पद्धति हो । पर्यावरणीय अध्ययनका विविध क्षेत्रहरुमध्ये संस्कृति पनि एक हो । चुली उपन्यासमा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणमा संलग्न आरोहीको अनुभवलाई मुख्य विषयवस्तु बनाइएको छ । यस उपन्यासमा हिमाली सभ्यता, संस्कृति, सौन्दर्य, पर्यावरण र सार्वभौमिकता जस्ता कुराहरुलाई विशेष महत्व प्रदान गरिएको छ । हिमाली सभ्यता र संस्कृति तथा धार्मिक आस्था र विश्वासलाई सांस्कृतिक पर्यावरणका रुपमा स्थापित गरिएको यस उपन्यासमा पर्यावरणीय सौन्दर्य चेतनालाई समेत विशेष महत्व प्रदान गरिएको छ । चुली उपन्यासमा प्रयुक्त सांस्कृतिक पर्यावरणको पहिचान कसरी गर्न सकिन्छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्नु नै यस लेखको मुख्य उद्देश्य हो । यस लेखलाई पर्यावरणीय समालोचनाका विविध विषय क्षेत्रहरुमध्ये सांस्कृतिक पर्यावरणको अध्ययनमा सीमित गरिएको छ । निगमनात्मक विधिको प्रयोग गरी तयार पारिएको यस लेखमा प्राथमिक र दितीयक दुबै स्रोतका सामग्रीहरुको प्रयोग गरिएको छ । पर्यावरणीय समालोचनाको सैद्धान्तिक मान्यतामा आधारित भएर तयार पारिएको यस लेखमा पर्यावरणीय संस्कृतिलाई अध्ययनको केन्द्रक बनाइएको छ । चोमोलोङ्मा देवी, भोटे चिया, जुङ्ता र अन्य मानवीय सम्बन्धका सन्दर्भहरुलाई आधार मानेर विश्लेषण गर्दा चुली उपन्यास सांस्कृतिक पर्यावरणका दृष्टिले उपयुक्त रहेको निष्कर्ष प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.