बैतडी जिल्लाको पाटनमा गाइने सांस्कारिक गीतको विधातात्विक अध्ययन

Authors

  • रमेशप्रसाद Ramesh Prasad पन्त Panta विद्यावारिधि अनुसन्धानरत, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं https://orcid.org/0009-0000-2334-981X

DOI:

https://doi.org/10.3126/ijar.v2i1.72810

Keywords:

छैँटी, अन्नप्रासन, सांस्कारिक, बाहुली, लोकगीत

Abstract

यस अध्ययनको मुख्य उद्देश्य बैतडी जिल्लाको पाटन क्षेत्रमा ब्रतबन्ध गर्दा गाइने संस्कारिक गीतको तत्वगत विश्लेषण गर्नु रहेको छ साथै त्यस्ता कार्यमध्ये जन्म, न्वारन, छैँटी, अन्नप्रासन, करणवेद, व्रतबन्ध, विवाहका क्रममा लोप हुन लागेका यस्ता जीवनसँग सम्बन्धित सांस्कारिक गीतलाई सबैले बचाउने काम गर्दछ भन्ने उद्देश्य रहेको छ । प्रस्तुत अध्ययनमा बैतडी जिल्लाको पाटन क्षेत्रमा गरिएको छ । यहाँ ब्रतवन्ध संस्कार कार्य गर्दा गाइने संस्कारिक गीतलाई सम्बन्धित ठाउँमा प्रत्यक्ष रुपमा सहभागी ३० वर्षकी मानमती पन्त र ७० वर्षका कृति पन्तलाई सूचक छनौट गरी कार्य सम्पन्न गर्न सामग्री सङकलन गरिएको छ साथै यसमा गीत सङ्कलन गर्न क्षेत्रीय अध्ययन कार्यको प्रयोग गरिएको छ । यसमा वर्णनात्मक विधि र विश्लेषण विधिको प्रयोग गरिएको छ । यसमा तथ्यहरू खाजेर विश्लेषण गरिएको हुनाले गुणात्मक अनुसन्धान मान्न सकिन्छ । यसले विदेशी संस्कृतिले प्रभावित भएका युवायुवतीले सांस्कारिक लोकगीतको बारेमा जानेमा र बुझेमा यस्ता गीतहरू भावी पुस्तावका लागि एक दस्तावेजको रुपमा रहनेछ । यो गीत गायनको लोकलयका बारेमा बोधगम्य हुनेछ । भावी शोधार्थीका लागि प्रस्तुत कार्य मार्गदर्शक अवश्य बन्नेछ । बैतडी जिल्लामा प्रचलित गीतलाई सङ्कलन गरेर यसलाई सिद्धान्तनिष्ठ पारेर विश्लेषण गरी विशुद्ध सांस्कारिक गीत हो भनेर प्रमाणित गरिएको छ । यसको गायन गरिने समयावधिको बोध भएको छ । यसमा प्रयोग भएको भाषा स्थानीय र मौलिकतामा आधारित रहेको छ । कथ्य रुपमा रहेका गीतलाई लेख्य रुपको माध्यमबाट जीवित राखने काम गरिएको छ यी सबैलाई उक्त गीत गायनको उपलब्धिलाई मानिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
pdf
6

Downloads

Published

2024-12-20

How to Cite

पन्त Panta र. R. P. (2024). बैतडी जिल्लाको पाटनमा गाइने सांस्कारिक गीतको विधातात्विक अध्ययन. Intellectual Journal of Academic Research, 2(1), 85–91. https://doi.org/10.3126/ijar.v2i1.72810

Issue

Section

Research Articles