चिताको ज्वाला कथामा रस
DOI:
https://doi.org/10.3126/iimrjbc.v2i1.68656Keywords:
विभाव, अनुभाव, सञ्चारीभाव, करुण, श्रृङ्गार, रसाभिव्यक्तिAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा कथाकार गुरुप्रसाद मैनालीको चिताको ज्वाला कथामा प्रयोग गरिएको रससिद्धान्तका कोणबाट विश्लेषण र मूल्याङ्कन भएको छ । यो लेख गुणात्मक अनुसन्धानमा आधारितपाठमा रहेका उद्धरणको विश्लेषणका आधारमा तयार भएको छ । यस लेखको सैद्धान्तिक आधार रस सिद्धान्त हो । यस कथामा अङ्गी रसका रुपमा शोक स्थायी भावको प्रकटीकरण हुने करुण रसको उपस्थिति छ भने यसलाई परिपाकावस्थामा पु¥याउनका लागि अन्य रसको प्रयोग भएको छ । यस कथामा अङ्ग रसका रुपमा श्रृङ्गार रस प्रयोग भएको छ भने अन्य रसमा भयानक रस, वीभत्सरस शान्त रस, र अद्भूत रसको प्रयोग भएको छ । यस लेखमा अङ्गी रसका रुपमा करुण रसको विश्लेषणका साथै यसमा आएका अन्य रसका विषयमा विमर्श भएको छ ।