गौँथलीको चिरिबिरी कवितामा अलङ्कारविधान {Ornamentation in Gauthali's Chiribiri Poem}
DOI:
https://doi.org/10.3126/iimrjbc.v1i1.67150Keywords:
तुल्ययोगिता, अर्थालङ्कार, रूपक, उपमाAbstract
यस लेखमा गौँथलीको चिरिबिरी कवितामा अलङ्कारविधान मुख्य समस्या निर्माण गरी यसको निरूपण कवितामा विद्यमान रूपक, उपमा, दृष्टान्त र तुल्ययोगिता अलङ्कारको विवेचनाका आधारमा भएको छ । यो लेख गुणात्मक अनुसन्धानमा आधारित छ । लेखनाथ पौड्यालद्वारा रचित गौँथलीको चिरिबिर शीर्षकको कविताको विश्लेषण हुने भएकाले पाठ्य विश्लेषणमा आधारित अनुसन्धान हो । अलङ्कार संस्कृत काव्य शास्त्रीय मुख्य सिद्धान्त मध्येको एक हो भने यो कृतिको बाह्य सौन्दर्यसँग सम्बन्धित सिद्धान्त हो । शब्दालङ्कार र अर्थालङ्कार जस्ता भेदमा कृतिको विश्लेषण गर्न सकिने आधार यस सिद्धान्तले निर्माण गरेको छ । यस लेखमा उक्त कविताको अर्थालङ्कारको विवेचना भएको छ । यस कवितामा कविताको शैलीपक्षीय तत्त्वका रूपमा रूपक अलङ्कार प्रमुख रहेको छ । कविताको अध्ययन गर्दा नाटकको आभाष हुने कथन शैलीभित्र उपमान र उपमेयको सादृश्य धर्म स्थापित भएको यस कवितामा रूपक अलङ्कारको सहयोगीका रूपमा उपमा, दृष्टान्त र तुल्ययोगिता अलङ्कार प्रयोग भएको विषयमा विमर्श भएको छ ।