ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद
DOI:
https://doi.org/10.3126/hssj.v14i1.58009Keywords:
प्राकृत, प्रेत, ब्रम्हाण्ड, बलि, लोकायतAbstract
प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद शीर्षकको अनुसन्धानमूलक लेख नियात्राकार दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको नीलो बतास नियात्रामा मानववादको विश्लेषण गर्नमा केन्द्रित रहेको छ । यस लेखमा मानववादी सिद्धान्तको आलोकमा प्रस्तुत नियात्रामा मानवकल्याणको खोजी कसरी गरिएको छ ? ईश्वरीय शक्तिप्रतिको असहमति कसरी प्रकट भएको छ ? र अन्धविश्वासको विरोधको अवस्था कस्तो छ भन्ने प्राज्ञिक समस्याको समाधान खोजिएको छ । मानवलाई प्राथमिकतामा राखेर मानव विरुद्धका यावत् कुराको विरोध गरी मानव र प्रकृतिका बिचमा अन्य नियामक तŒवको उपस्थितिको विरोध गर्ने प्रस्तुत नियात्रा मानववाद प्रयोगका दृष्टिले उत्कृष्ट रचनाका रूपमा रहेको छ । धार्मिक र सांस्कृतिक अन्धविश्वासको भुमरीमा विकसित नेपाली सामाजिक धरातललाई मानवमूल्यको महŒव बुझाउन प्रस्तुत नियात्रा सफल भएको छ । मानवका सकारात्मक र नकारात्मक क्रियाकलापको समर्थन र विरोधका माध्यमबाट कर्तव्याकर्तव्यको सन्देशसहित अभौतिक काल्पनिक उडानलाई निषेध गरी यथार्थिक धरातलमा उभ्याउन खोज्नु प्रस्तुत नियात्राको प्राप्ति हो । नेपाली समाज विश्वपरिवेशभन्दा पछाडि पर्नुको कारणका रूपमा मानवलाई तिरस्कार गरेर ईश्वरलाई सर्वशक्तिमान् ठान्नु रहेको छ । संसारको सृष्टि भौतिक र जैविकरूपमा प्राकृतिक तŒवको स्वत संयोजनमा भएको भन्ने विज्ञानसम्मत विचार र यथार्थलाई लत्याएर काल्पनिक ईश्वरको भ्रममा जनमानसलाई अलमल्याएर त्रास र आसको प्रपञ्च निर्माण गरी स्वार्थपूर्ति गर्ने कथित सामाजिक र आर्थिक उच्च वर्गका व्यक्तिको वास्तविकता देखाउनु यस नियात्राको उद्देश्य रहेको कुरालाई प्रस्तुत आलेखले निष्कर्षका रूपमा प्रस्तुत गरेको छ । प्रस्तुत अध्ययनमा सामग्री सङ्कलनका लागि पुस्तकालय विधि र विश्लेषणको ढाँचा गुणात्मक रहेको छ ।