रातो आकाश उपन्यासमा युगीन वर्ग सङ्घर्ष र गतिशील यथार्थको प्रतिविम्बन

Authors

  • Sharada Devi Lamichhane Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v16i1.76382

Keywords:

अधिरचना, उत्पादनका साधन, गतिशील यथार्थ, युगीन वर्ग सङ्घर्ष, वर्गीय पक्षधरता

Abstract

प्रस्तुत लेख घनश्याम ढकालको रातो आकाश उपन्यासमा युगीन वर्ग सङ्घर्ष र गतिशील यथार्थको प्रतिविम्ब के कसरी गरिएको छ त्यसको अनुसन्धानमा आधारित छ । यो उपन्यास महान् जनयुद्धको ऐतिहासिक एवम् सामाजिक परिवेशमा आधारित रहेको छ । महान् जनयुद्धद्वारा उद्घाटित गतिशीललाई कलात्मक रूपमा पुनः सिर्जत तथा प्रारुपित गर्ने उद्देश्यबाट लेखिएको छ । नेपाली समाजको वर्गीय विभेदका विरुद्धमा जनताले गरेको सङ्घर्ष र बलिदान, महिला मुक्तिको आवाज राष्ट्रियताको भावना तथा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिको प्रतिविम्बन रातो आकाश उपन्यासमा पाइन्छ । माक्र्सवादी दर्शनबाट प्रभावित ढकाल प्रगतिवादी साहित्यिक मान्यताअनुसार वर्गीय विभेदले सिर्जना गरेको युगीन वर्ग सङ्घर्षको उद्घाटन गर्नमा केन्द्रित भएको देखिन्छ । प्रस्तुत उपन्यासमा सङ्लग्न पात्रले अत्यन्तै सक्रिय, ओजपूर्ण र क्रान्तिकारी भूमिका निर्वाह गरेका छन् । त्याग र बलिदानको उत्कृष्ट नमुना प्रदर्शन गरेका छन् भन्ने कुरा यस अध्ययनबाट उद्घाटित हुन्छ । उपन्यासमा गतिशील यथार्थको बिचबाट निम्न वर्गप्रति सामन्त वर्गको अन्याय, अत्याचार र शोषण विरुद्धको विद्रोह चेतना, सामन्तवादी राज्य व्यवस्थाको निरङ्कुशताको चित्रण, महिलामुक्तिका पक्षमा उठाइएको आवज, नयाँ जनवादी संस्कृतिको पक्षधरता, साम्राज्यवादको विरोध र राष्ट्रियताको उद्बोधन कसरी प्रकट भएको छ भन्ने कुराको खोजी गर्ने यस अध्ययनको उद्देश्य रहेको छ । यस उद्देश्य पूर्तिका निम्ति उपन्यासमा अभिव्यक्त वर्ग सङ्घर्ष र गतिशील यथार्थको व्याख्या विश्लेषण गर्न सोद्देश्यमूलक ढङ्गले सामग्रीको सङ्कलन गरी माक्र्सवादी सौन्दर्यचिन्तन अनुरूप सङ्कलित सामग्रीको विश्लेषण गरिएकाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । समाजमा भएका वर्ग विभेदले नै वर्ग सङ्घर्ष जन्मने र वर्ग सङ्घर्षको सही विश्लेषणले मात्र उत्पीडित वर्गको मुक्तिको यात्रा तय हुनसक्ने निष्कर्ष रातो आकाश उपन्यसको अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
pdf
5

Author Biography

Sharada Devi Lamichhane, Tribhuvan University

Lecturer, Department of Nepali, Patan Multiple Campus

Downloads

Published

2025-03-07

How to Cite

Lamichhane, S. D. (2025). रातो आकाश उपन्यासमा युगीन वर्ग सङ्घर्ष र गतिशील यथार्थको प्रतिविम्बन. Historical Journal, 16(1), 184–193. https://doi.org/10.3126/hj.v16i1.76382

Issue

Section

Research Article