तनहुँ राज्यको राजनैतिक इतिहास

Authors

  • Tilu Thapa Shrestha Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v16i1.76378

Keywords:

त्रितुङ्ग, द्वारोगा, रजबन्दकी, लालमोहर, सिर्तो

Abstract

नेपालको उत्तर मध्यकालमा साना ठूला गरी ५२ भन्दा बढी राज्यमा विभाजित थियो । ती राज्यहरुमध्ये तनहुँ राज्य गण्डकी प्रश्रवण क्षेत्रमा अवस्थित चौबिसी राज्य अन्तर्गत पर्दथ्यो । तनहुँ राज्यको स्थापना पाल्पाका राजा मुकुन्दसेन प्रथमका साहिला छोरा भृङ्गी सेनले वि.सं.१६१० मा गरेका थिए । चौबीसी राज्यहरू बीच तनहुँ राज्य आर्थिक रूपमा सबल र सामारिक रूपमा महत्वपूर्ण राज्य मानिन्थ्यो । तनहुँ राज्यमा पहाडी र तराई दुवै प्रकारका भूभागहरु पर्दथे । तराई भूभागको सिमाना भारतको विहार प्रान्तसँग जोडिएको हुँदा भारतबाट अंग्रेजहरु तनहुँको तराई भूभाग हुँदै काठमाडौँ उपत्यका छिर्न सक्ने सम्भावना गोरखाका राजा पृथ्वीनारायण शाहले देखेका थिए । यस कुरालाई मध्यनजर गरेर तनहुँ राज्य सधैँ गोरखा राज्यको निगरानीमा रह्यो । पटक पटक गोरखा राज्यको आक्रमणको सामना गर्नु पर्दा तनहुँ राज्य कमजोर बन्दै गयो । अन्तत्वगत्व, वि.सं.१८३९ कार्तिकमा तनहुँ राज्य नेपाल अधिराज्यमा एकीकरण भयो । शक्तिशाली राज्यको रूपमा गोरखा राज्यको उदय, तनहुँ राज्यको कमजोर प्रशासनिक व्यवस्था, गोरखा राज्यको शक्ति र कुटनैतिक क्षमता चिन्न र बुझ्न नसक्नु तनहुँ राज्यको पतनका कारण थिए । त्यस राज्यमा वि.सं.१६१० देखि १८३९ (२२९ वर्ष) सम्म नौ जना सेनवंशी राजाहरुले राज्य गरेका थिए । राज्य नरहे पछि तनहुँ राज्यका अन्तिम राजा हरकुमारदत्त सेन भागेर आफ्नो पुख्र्यौली जमिन्दारी रहेको भूभाग भारतका चम्पारन पुगे । त्यहाँ गएको केही समयपछि उनी चम्पारनको रामनगरमा सानो राज्य बनाई राजा भएर बसे । तनहुँ राज्यको उत्पत्ति, त्यहाँका राजाहरु, लमजुङ, कास्की, पर्वत जस्ता छिमेकी राज्यहरुसँग तनहुँ राज्यको सम्बन्धलाई गोरखा राज्यसँगको युद्ध र तनहुँ राज्यको पतन जस्ता तनहुँ राज्यको राजनैतिक इतिहासको संक्षिप्त जानकारी दिनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । प्रस्तुत लेख प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरी तयार गरिएको छ । यसको प्रस्तुतिकरण व्याख्यात्मक र विश्लेषणात्मक ढाँचामा गरिएको हुनाले यो गुणात्मक अनुसन्धान हो ।

Downloads

Download data is not yet available.
Abstract
21
pdf
22

Author Biography

Tilu Thapa Shrestha, Tribhuvan University

Lecturer, Centre Department of History 

Downloads

Published

2025-03-07

How to Cite

Thapa Shrestha, T. (2025). तनहुँ राज्यको राजनैतिक इतिहास. Historical Journal, 16(1), 128–141. https://doi.org/10.3126/hj.v16i1.76378

Issue

Section

Research Article