नेवार संस्कृतिमा योमरीको अन्तरदर्शन
DOI:
https://doi.org/10.3126/hj.v15i2.70681Keywords:
ज्यापु, नेवार, बलबल, मङ्सिर, योमरीAbstract
नेपालका नेवारहरू सभ्यताको दृष्टिकोणले विशिष्ट रहेका छन् । उपत्यकालाई मूल थलोको रूपमा लिंदै आएका नेवारहरू आफू जहाँ बसे पनि कुलधर्म परम्पराअनुसार धार्मिक एवं सांस्कृतिक गतिविधि गर्ने गरेको पाइन्छ । यसरी कुलपरम्परालाई अघि बढाउने क्रममा नेवारहरूले जीवनलाई वैज्ञानिक ढङ्गले अघि बढाउन आफूमा निहित सीप र ज्ञानको प्रचुर उपयोग गर्ने गरेको पाइन्छ । नेवारहरूले आफूलाई वैज्ञानिक रूपमा प्रस्तुत हुन प्रकृतिको चक्रसँगै चाडपर्व मनाउने गरेको पाइन्छ । वर्णनात्मक विधि अपनाई चाडवाडअनुसार प्रकृति प्रदत्त अन्नको उपयोग गरी संस्कृति मनाउने परम्परालाई अँगालिएको छ । प्राकृतिक सुरक्षाका लागि उपभोग गरिने खाद्यपदार्थलाई नै चाडको रूपमा समेत व्याख्या गरी आत्मिक एवं कायिक रूपमा सन्तुष्टि लिने गरेको उल्लेख गरिएको छ । यो लेखको मूल उद्देश्य नेवारहरूले विशेष महत्व दिंदै आएको चाडमध्ये योमरीपूर्णिमा प्राकृतिक रूपमा शिशिर ऋतुसँगै बढ्दो चिसोले शारीरिक रूपमा असर पु¥याउने संभावनालाई ध्यानमा राखेर मंसिर पूर्णिमाका दिन नेवारहरूले योमरी खाने र बाँड्ने र योमरीलाई खाद्य सामग्रीका साथै जीवनमा आउने साँस्कृतिक गतिविधिको अङ्गको रूपमा लिएको छ । मङ्गल कामनार्थ मालाको रूपमा अघि सारिने योमरी सांस्कृतिक गतिविधिहरूमा पनि स्थान रहेको छ । योमरीलाई नै देवताको रूपमा पूज्नुका साथै समाजमा एकिकृत रूपमा रहन योमरीको माध्यमबाट सहअस्तित्वको भावनाको अघि सारेको पाइन्छ । कृषि उपज योमरी कृषि क्रान्तिसँग जोडिएको छ । शारीरिक चुस्तताका लागि आवश्यक खाद्यपदार्थको रूपका साथै शरीर विज्ञानको दृष्टिले समेत महत्त्व दिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus