सकोमि कुनाबिना
DOI:
https://doi.org/10.3126/hj.v15i1.63977Keywords:
कुनाबिना, नेवार, सकोमि, शंखरापुर, साँखुAbstract
यस लेखमा साँखुको सामान्य परिचय दिएर त्यहाँ पाइने कुनाबिनाको वर्णन गरिएको छ । वर्तमान साँखुको गठन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।८।१६ गतेको निर्णयबाट भएको हो । यहाँ ६३५३ जना नेवारहरू बस्छन् । यो शहर शंख आकारको भएकोले शंखरापुर नाम रहन गएको छ । यस अध्यनको भौगोलिक क्षेत्र सांखुको माधवनारायणको प्रदक्षिणा मार्गभित्रको क्षेत्र समेटिएको छ । यस लेखले स्थानीयले आफ्नो कूलनामको महत्त्व बुझ्न सजिलो बनाउने हुँदा आफ्नो कुलनाम आउँदा दिनमा स्थानीयले अझ धेरै प्रयोग गर्ने छन् । जुन स्थानमा जुन जातिको बसोबास रहन्छ, उक्त जातिकै भाषाबाट उसको सांस्कृतिक मूर्त अमूर्त छाप परेको हुन्छ । यसैलाई भाषिक पहिचान भनिन्छ । यो सैध्दान्तिक आधार रहेको छ । यस अध्ययनलाई चाहिने सूचना मूलतः बालगोपाल श्रेष्ठबाट साभार लिइएको छ । केही क्षेत्रकार्यबाट पनि संकलन गरिएका छन् । पुस्तकालयका सामग्री पनि यथास्थानमा यथोचित प्रयोग भएका छन् । यस लेखमा साँखुमा पाइएका १४७ वटा कुनाबिनालाई १४ वटा कोटीमा वर्गीकरण गरिएका छन् । बस्तीभित्रका नेवारहरूलाई चाहिने र मानिसको वरिपरि हुने चरा, पशु, काम गर्ने कर्मि, तिनका पदप्रतिष्ठा, व्यक्तिनाम, आकृति, खाद्य सामग्री, स्वभाव, सामाजिक अवस्था तथा तिनले चलाउने सरसामान सबैबाट आफ्ना कूलनाम र विशेषनाम राखेको पाइयो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus