नेपाली संसद र संसदीय पत्रकारिताका आठ दशक
DOI:
https://doi.org/10.3126/hj.v14i2.59068Keywords:
गणतन्त्र, पत्रकारिता, राजतन्त्र, लोकतन्त्र, संसदAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राणाकालदेखि शुरु भएको संसदीय अभ्यास र जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसदको गरिमा वढाउन प्रेसले पु¥याउदै आएको योगदानका बिषयमा केन्द्रीत छ । राणा शासनको अन्तिम कालखण्डबाट मुलुकमा संसदीय अभ्यास आरम्भ भएदेखि नै नेपाली मिडियाले यसका कामकारवाहीबारे जनतालाई सुसूचित गर्ने भूमिका खेल्दै आएको छ । नागरिक अधिकार, प्रजातन्त्र र प्रेस स्वतन्त्रता नभएको, गोरखापत्र वाहेक अरु मिडिया नरहेको, शासकको हुकुम नै कानून सरह हुने भएकाले राणाकालमा संसद नाम मात्रको संस्था थियो । २००७ सालको क्रान्तिबाट राणा शासन अन्त्य भएर मुलुकमा प्रजातन्त्र स्थापना भएपछि प्रेसमैत्री वातावरण वन्यो । त्यसयता २००७ देखि २०८० को अवधिमा सल्लाहकारसभा, प्रतिनिधिसभा र महासभा, राष्ट्रि«य पञ्चायत फेरी प्रतिनिधिसभा र राष्ट्रि«यसभा, पुनस्र्थापित प्रतिनिधिसभा, व्यवस्थापिका संसद, संविधानसभा हुँदै नेपालमा संघीय संसद र प्रादेशिक संसदको अभ्यास भैरहेको छ । यि कालखण्डमा नेपाली प्रेसले जनप्रतिनिधिहरुका काम कारवाहीबारे जनतालाई सत्य, तथ्य, विश्वसनीय सूचना प्रवाह गर्दै देश र जनताको पक्षमा काम गर्न सचेत गराउने, संसदका महत्वपूर्ण मुद्दाहरुमा मुद्दाहरुमा बहस चलाएर संसद र सांसदहरुलाई जनताप्रति उत्तदायी वनाउने भूमिका निर्वाह गर्दै आफूलाई संसदको अभिन्न अंकका रुपमा स्थापित गरेको छ । पछिल्लो समय संसद र प्रेस एक अर्काका परिपूरकका रुपमा रहेका छन् । संसदले प्रेसलाई आमन्त्रित सदस्यका रुपमा महत्व दिदै संसद र संसदीय समितिका बैठकमा सम्मानजनक स्थान दिने गरेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus