Routines and dimensions of Senior Citizens' Happy Lives
DOI:
https://doi.org/10.3126/hj.v14i1.52975Keywords:
सहअस्तित्वबोध, तेजस्वीमय–ओजस्वीपूर्ण, संघर्षशील परिदृष्यहरूAbstract
मानवीय जीवनको भौतिक स्वरूपजन्म शैशवावस्था, बाल्यकाल, युवावस्था र प्रौढावस्था हुँदै शारीरिक विकासको चरणवद्ध प्रक्रियाबाट अगाडि बढ्ने धु्रवसत्य आधारहरू हुन् । जन्मेर प्रौढ बनुन्जेल मानवीय जीवनले प्रत्येक चरणहरूका मौलिक विशिष्टताहरूको रसस्वादन गर्दै सभ्य र सुसंस्कृतियुक्त नागरिकको भूमिका निर्वाह गर्दै समाजको उन्नतिका बहुआयामिक पक्षहरूमा अभूतपूर्व योगदान पु¥याएको हुन्छ । जन्मसँगै मृत्यु अर्थात् मुक्ति पनि अन्योन्याश्रित बनेर सँगसँगै अस्तित्वमा उदीयमान भएको हुन्छ । जन्मपछि मृत्यु अनिवार्य शर्त हो जुन अनिवार्य मात्र हैन अपरिहार्य पनि छ । यसर्थ मानिसले आप्mनो जीवनकाललाई अब्बल, सबल र प्रबल बनाएर आपूmलाई अजर, अमर र ओजश्विपूर्ण बनाउन प्रत्येक प्रहर क्रियाशील हुने, परिश्रमी तुल्याउने, निरन्तर र लगातार सकारात्मक सत्कार्यमा लागिरहनको लागिसाहसिक र अथकित अविरल यात्रा तय गरेको हुन्छ । राम्रो कामको राम्रै परिणाम हस्तगत हुने हुनाले परिश्रमशील क्रियाकलापले मानिसलाई वृद्ध–बृद्धा बनुन्जेलसम्मको अवधिमा समाजभित्र तेजस्वीमय, ओजश्विपूर्ण, आदरणीय, सम्मानित, कदरयोग्य र श्रद्धायोग्य पात्रको रूपमा उभ्याएर असाध्यै मर्यादित तुल्याएको हुन्छ । वृद्धवृद्धा भएको घरलाई देवत्व ग्रहण भएको पूजनीय पवित्र स्थल मानिन्छ । यसरी मौलिक र निजी घरले मन्दिर र आश्रमको स्थान प्राप्त गर्दछ । परिणामतः वृद्धवृद्धाहरू निवासालय समाजको नै सम्पत्ति बन्न पुग्दछ । वृद्धवृद्धा इतिहासका साक्षी हुन् । ज्ञान, सीप र अनुभवका खानी हुन् । जेष्ठ नागरिकहरू विगत र आगतलाई जोडेर समाजलाई पथ प्रदर्शन गर्दै श्रृजनशील तुल्याउने अमूल्य निधि हुनुका सथौ राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका मर्यादित धरोहरहरू हुन् । पितृदेवो भवः, मातृदेवो भवः भनेर भगवानको अवतार मानेर उच्च कदर गर्ने नेपाली समाजले पौराणिक युगदेखि नै मातापितालाई श्रद्धापूर्वक आदर–सम्मान गर्ने गरिएका ऐतिहासिक तथ्य, परम्परागत मान्यताहरू र धर्मशास्त्रका अनेकौँ ग्रन्थहरूले समेत प्रष्ट्याएका छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus