Trilakshana: the Real Nature of Existence त्रिलक्षणः जीवन र जगतको यथार्थ स्वभाव
DOI:
https://doi.org/10.3126/hj.v13i1.46228Keywords:
अनित्य, दुःख, अनात्म, पञ्चस्कन्ध, विपस्सनाAbstract
बुद्धशिक्षामा अनित्य, दुःख र अनात्मलाई ‘त्रिलक्षण’ भनिन्छ । जति पनि परिस्थितिजन्य अथवा कुनै कारणद्वारा उत्पन्न हुने प्रत्युत्पन्न वस्तुहरू छन्, ती सबै अनित्य, दुःख र अनात्म लक्षणयुक्त छन् । अनित्य भनेको परिवर्तन हुने, क्षय हुने, व्यय (विनाश) भई जाने स्वभाव हो । अनित्यले गर्दा दुःख उत्पन्न हुन्छ । भय उत्पन्न हुनु पनि दुःख लक्षण हो । जुन अनित्य, दुःख र विपरिणाम हुने स्वभावको छ, त्यसमा म, मेरो, सत्व, प्राणी, आत्मा भनी ग्रहण गर्न लायकको सार तत्व केही हुँदैन । ती दुःखका कारक हुन् । ती आफूले भने जस्तै नहुने, आफ्नो वशमा नहुने भएकोले अनात्म हुन् । पञ्चस्कन्धमा यी स्वभाव परमार्थ (यथार्थ) सत्यको रूपमा विद्यमानं भईरहन्छ । जीव अथवा प्राणी भनेको पञ्चस्कन्ध वा नामरूप समूह मात्र हो । बुद्धको उपदेशअनुसार पञ्चस्कन्धलाई प्रज्ञा दृष्टिले हेर्न सक्यो भने, अनित्य, दुःख र अनात्मलाई राम्ररी थाहा पाउन सक्ने हुन्छ । प्राणीहरूमा आत्मदृष्टि (म, मेरो भन्ने आसक्तियुक्त धारणा) भएका कारण उनीहरूले राग, द्वेष, मोह जस्ता क्लेशको वशमा परी अनेक कर्म गर्दछन् । फलस्वरूप जन्म मरणको चक्रमा परी दुःख भोग गरिरहेका हुन्छन् । बुद्धकालीन समयमा बुद्धदेशित त्रिलक्षण सम्बन्धी उपदेशहरूलाई मनन गरी विपस्सना भावना अभ्यासद्वारा धेरै व्यक्तिहरूले आ–आफ्नो जीवनमा विपुल सुख प्राप्त गरेका कुराहरू बौद्ध साहित्यमा पाइन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus