Monarchy of Rana Regime Nepal: Brief Discussion राणाकालीन नेपालको राजतन्त्रः संक्षिप्त चर्चा
DOI:
https://doi.org/10.3126/hj.v13i1.46221Keywords:
राजशक्ति र जनशक्ति, भारदारी षडयन्त्र, राजनैतिक शक्ति, सुदृढीकरण, लालमोहर र राजअधिकारAbstract
नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा राज्यलाई आत्मनिर्भर–सम्पन्न राष्ट्र बनाउने सपना देखेका राजा पृथ्वीनारायण शाहले राजा र जनता बिच मेल कायम गरेर देशलाई सम्पूर्ण देशवाशीहरूको साझा सम्पत्ति हो भन्ने भावना जनताको हृदयमा जगाउन सकेकाले नै आफ्नो राज्य विस्तार अभियानलाई नेपाल एकीकरण अभियानमा बदल्न सकेका हुन् । राष्ट्रिय उन्नती, विकास र सुदृढताका लागि राजशक्ति र जनशक्तिको मेल आवश्यक छ भन्ने मान्यताका आधारमा गतिशील भएर अपार जनसमर्थन पाएकाले एकीकरणकर्ताको स्थान पाएका पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले उनको नीतिलाई कायम राख्न सकेनन् । राजा भनेको जनताको रषक एवं हितको संरक्षण गर्ने संस्था प्रमुख हो भन्ने यथार्थ विपरीत उत्रिएका उनीहरूले सत्ता सङ्घर्षको खेलमा लागेर राज्यका महत्त्वपूर्ण भारदारहरूलाई बेवास्ता गरेर चाटुकार–रंगरेलियाका नायकहरूलाई विश्वास गर्ने र पुराना भारदारहरूलाई मृत्युदण्डको सजाय दिनेसम्मका कार्यहरू गरेपछि राजा प्रजाको एकता–विश्वास खण्डित हुन गयो । राज परिवार नै सत्ता खेल–गुटबन्दी र षड्यन्त्रमा लागेपछि बढेको भारदारी षडयन्त्रले राणा शासनको उदय गराएर राजालाई खोपाको देउताको रूपमा पुर्याइदियो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus