विश्व शान्तिको मुहान लुम्बिनी ः प्राचीनता र विकास
DOI:
https://doi.org/10.3126/hj.v12i1.35626Keywords:
मोह–माया र मुक्ति, बौद्ध धर्म–दर्शन, रक्तशुद्धता परम्परा, जनश्रुति र जातक कथाहरू, ऐतिहासिक र पुरातात्त्विक स्थल ।Abstract
प्राचीन मानवीय सभ्यतास्थलका रूपमा चिनिने नेपाल अत्यन्त महŒवपूर्ण देवभूमि हो । ब्रह्माण्ड रक्षक भगवान
शिवको बासस्थानदेखि मानव मुक्ति–भुक्तिका आधार मानिएका देवस्थल एवं तीर्थस्थलहरूको प्रचुरता रहेको
नेपाल अनेकौं महापुरुषहरूको जन्मस्थल–क्रिडास्थल प्रमाणित भइसकेको छ । विश्व जगत्मा धार्मिक क्रान्ति
शुरु भएर कन्फुसियस, लाओत्से, इम्पेडोक्लस आदि दार्शनिकहरूको जन्म भई मध्य र मध्यपूर्व एशिया तरंगित
भएकै अवधिमा नेपालका भूमिपुत्र गौतम बुद्धले थालेको धार्मिक सुधार अभियानले नयाँ धर्म–दर्शन नै स्थापना
गर्ने परिस्थिति विकास भयो । सार्वभौम धर्मका रूपमा स्थापित हिन्दू धर्ममा यौन देखि योगसम्म, व्याकरणदेखि
सृष्टिसम्म, उत्पादनदेखि राष्ट्र हुँदै सभा, समिति, सौरमण्डल आदि सबैको सिद्धान्त रहेको स्थितिले गर्दा जति
पटक लय (विनास) भएपनि पञ्चतŒवमा विद्यमान त्रिगुण रहुन्जेल सृष्टिक्रम निरन्तर चलिरहने विश्वास व्याप्त
थियो । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास नामका चार आश्रमहरूको व्यवस्था गरिएको हिन्दू दर्शनले
ब्रह्मचर्यालाई तपश्या अर्थात् ज्ञानको चरण र गृहस्थलाई उत्पादनको मुल केन्द्रसँगै वैदिक मान्यताको मियो
नै ठानेको छ । भौतिकताभन्दा अध्यात्मको यात्राका रूपमा वानप्रस्थलाई मानेर सन्यासलाई लोभ–मोह छाडेर
ज्ञानको प्रशारण एवं लोककल्याणसँग जोडेको छ । यसप्रकार ज्ञान र उत्पादनलाई केन्द्रमा राखेको हिन्दू दर्शन
निर्देशित वैदिक सनातनको केन्द्ररूपि नेपालमा शैव–शाक्त परम्परामा आधारित शक्ति साधना अर्थात् बलीपूजाको
सिद्धान्त अन्तर्गतका सबै संस्कार–संस्कृतिमा नारी अनिवार्य तŒव मान्ने धर्म–दर्शन प्रचलित थियो । प्रवृत्ति र
निवृत्ति गरी दुइवटा मार्ग रहेको समग्र दर्शन (वैदिक सनातन हिन्दू) अन्तर्गत संसारलाई नै महŒवपूर्ण केन्द्र
मान्ने सांसारिक ज्ञानलाई प्रवृत्ति मार्गका रूपमा लिइन्छ भने असंसारिक अर्थात् आत्मा परमात्माको चिन्तनलाई
मूल मानी संसारलाई मिथ्या ठान्ने मार्गलाई निवृत्ति मार्ग ठह¥याइएको छ । त्यसबाट सांसारिक जगत्मा
शक्तिशाली र सम्पन्न बन्ने होडबाजी र बलीपूजा लगायतका प्रवृत्तिबाट जाति–वर्ण, धनी–गरिबको विविधता र
विभेदपूर्ण स्थिति, राज्य विस्तारको होडबाजी व्याप्त भएको स्थितिमा जन्मिएर सांसारिक जीवन अवलोकनबाटै
एक्ल्याएर दुःखको जानकारी नै नपाउने गरि आमोद प्रमोदयुक्त विलाशि जीवनमै भुलाएर हुर्काइएका सिद्धार्थले
उनन्तिस वर्षको उमेरमा पुगेपछि मात्र अकस्मात दुःख, जीवन सङ्घर्ष, मृत्यू आदिबारे यथार्थ बोध गर्ने अवसर
पाए । त्यसबाट भित्रैदेखि वैराग्य उत्पन्न भएको स्थितिमा माया–मोहको बन्धन त्यागेको सन्यासीलाई प्रशन्न
देखेको स्थितिमा माया–मोहको बन्धनबाट उम्कने निश्चय गरेका सिद्धार्थले घरबार त्यागेर ६ वर्षसम्म गरेको
अध्ययन–साधनापछि ज्ञान प्राप्त गरि बुद्ध भए । त्यसपछि निवृत्तिमार्ग अर्थात् संसारलाई अनित्य अर्थात् दुःखमय
कष्टमय र मायाजालको कारण ठह¥याएका उनले मुक्त हुन आह्वान गर्दै पदार्थको गतिशिलतालाई नाशवान
मानि मुक्तिका लागि अग्रसर हुन आह्वान गर्दै हिँडे । रिसले वैरभाव शान्त हुँदैन प्रेम भावले मात्र हुन्छ, मानिस
विवेकी हुन आफ्नो मूर्खतालाई चिन्नु पर्दछ, जात र वर्गको भावना लिएर कहिल्यै मुक्ति पाइँदैन, स्वर्ग प्राप्तिको
मूल आधार नै अहिंशा र निर्वाण हुन् भन्दै चार आर्य सत्य बोध गरि आर्य अष्टाङ्ग मार्ग अनुशरणमा जोड
दिए । हिंसा जन्य यज्ञ परम्परा रहेको समाजमा संघको अवधारणा ल्याएर हिंसा विरुद्ध उभिएका बुद्ध–जीवन
दर्शनको थालनी, महŒव, विकासक्रममाथि केन्द्रित यो लेख राष्ट्रियताको सिद्धान्त–अवधारणामा आधारित रहेर
तयार पारिएको छ । समय, स्रोत साधनको कारणले गर्दा द्वितीयक स्रोतसँगै इतिहास–संस्कृतिविद्देखि लुम्बिनी
विकासमा संलग्न व्यक्तित्वहरूसँगका अन्तर्वार्तामा आधारित भएर तयार पारिएको यो लेखबाट बौद्ध जन्मस्थल
लुम्बिनीको विकासक्रम, महŒव र बौद्ध दर्शनको जानकारीमा सघाउ पुग्ने आशा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus