नेपाली समाजमा संस्कृतिकरणको प्रभाव: एक ऐतिहासिक अध्ययन Nepali Samajma Sanskritikaranko Prabhav: Ek Aaitihasik Adhyayan
DOI:
https://doi.org/10.3126/hj.v11i1.34699Keywords:
जातजाति Jatjati, संस्कृतिकरण sanskritikaran, शासनव्यवस्था shasanbyabastha, मूल्यमान्यता MulyamanyataAbstract
नेपाली समाजमा संस्कृतिकरण एउटा महत्वपूर्ण चरित्र बनेको छ । संस्कृतिकरण भनेको सामाजिक स्तरीयकरणमा जात जातिहरूको माथि चढ्ने गतिशीलतालाई जनाउँदछ (स्टिलर, १९७६ ः १५३–१८३) । एम.एन श्रीनिवासले दक्षिण भारतका क्रुग भन्ने जातिका सन्दर्भमा उक्त विचार ल्याएका हुन् । उनका अनुसार जव तल्लोजातले माथिल्लो जातको सिको गरेर जाँड, रक्सी र माछा मासु खान छोड्छ अर्थात माथिल्लो जातको सामाजिक सांस्कृतिक मूल्यमान्यताहरूलाई अनुशरण गरेर तल्लो जातिले आफ्नो सामाजिक स्तर बढाउँन खोज्दछ भने यसप्रकृयालाई संस्कृतिकरण भनिन्छ (श्रीनिवास, १९६२) । उनले भारतमा संस्कृतिकरणलाई समाजको आन्तरिकप्रकृयाका रूपमा विश्लेषण गरेको छन् । तर नेपालमा संस्कृतिकरण भनेको राज्यले नियम कानुन बनाएर दक्षिणका मूल्यमान्यताहरूलाई सामाजिक थिति वसालेको देखिन्छ । यस अध्ययनले नेपाली समाजमा संस्कृतिकरणका केही छायाँहरूलाई ऐतिहासिक दृष्टिकोणवाट प्रस्तुत गर्ने प्रयत्न गरेको छ । किनकी हामी वर्तमानमा प्रवेश गर्दै गर्दा अतितलाई आह्वान गरिन्छ । यस लेखको मूल तर्क पनि अतितमा यहाँका शासकहरूले दक्षिणको स्मृतिपुराणप्रोक्त धर्मका आधारमा नियम कानुन बनाएर समाजमा दक्षिणको सामाजिक साँस्कृतिक मूल्यमान्यताहरूलाई भित्रियाएको देखिन्छ । यसर्थ नेपाली समाजको स्तरीकरण जातिप्रथाको आकारमापरिणत हुन गएको हो । यस प्रकृयामा महिलालाई दोस्रो दर्जाको स्थान दिएर उसको यौनिकतालाई नियन्त्रण गरीघरगृहस्थिकै कामकाजमा सिमित राखियो । जसले पुरुषप्रधान आकारलाई बलियो उर्जा प्रदान गर्दछ । अतितमाराज्यले बनाएका नियम कानुनहरू आज क्रियाशील नभए पनि समाजका यी मूल्यमान्यताहरू जीवितै छन् ।जस्तै: जात प्रणाली र भेदभाबलाई संविधानले अस्वीकार गरे पनि जनगणना र आरक्षण चाहि जाति कैआधारमा दिएको छ । प्रस्तुत अध्ययनमा प्रकाशित भएका ऐतिहासिक दस्तावेज, धार्मिक ग्रन्थहरू, द्वितीय सामाग्रीहरू र षडानन्द अधिकारीका बारेमा भोजपुरको षडानन्द नगरपालिकाबाट उनका बारेमा संकथन लिईएको छ । यस संस्कृतिकरणको बिषयलाई शैव सिद्घान्तको दृष्टिकोणबाट हेरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus