नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
DOI:
https://doi.org/10.3126/hisan.v8i1.53083Keywords:
सिञ्जा र खशान, राजपुत, बेबिलोन, अभिलेख, प्रागऐतिहासिक, मेसोपोटामियाAbstract
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लामो समयसम्म राज्य गरेको पाईन्छ । विभिन्न भौगोलिक, राजनैतिक, जैविक विविधताका कारण बसाई सर्दै भारतको काश्मिर हुँदै कुमाउ गढवाल क्षेत्रलाई आफ्नो कब्जामा लिई शासन गर्दै नेपालमा आएको मुख्य जाति मध्ये एक हो । खश जाति नेपालमा एकैचोटी र एकै स्थानबाट प्रवेश गरेको पाईदैन । यी जातिहरू विभिन्न स्थान र समयमा आएको जातिको रूपमा पाइन्छ । पाँचौ शताब्दीतिर खशहरूको प्रवेश नेपालमा बढी तीब्रताकासाथ भएको थियो । भारतका गुप्तहरूबाट राज्य विस्तार गर्ने क्रममा खशहरू लखेटिए । खश जातिहरूको ठूलो समूह उत्तरतर्फ लागे । त्यही जातजातिहरू कुमाउँगढवाल र तिब्बतको यारी, ताक्लाफर, गेला प्रदेश हुँदै तिब्बतबाट फर्केका शासकहरूले नेपालमा एघारौं शताब्दीमा खश साम्राज्य खडा गरेपछि खश जातिको शासकको रुपमा उदय भएको हो । पश्चिम नेपालमा खश मल्ल तथा दक्षिणमा मिथिला कर्नाटक वंशीयहरूका त्रिशक्ति सन्सतुलनको अवस्था मधययुगमा बन्न पुगेको पाइन्छ । यसपछि नै खशहरूले नेपालको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र धर्ममा समेत महत्वपूर्ण प्रभाव पारेको थियो । कर्णाली प्रदेशको नामले चिनिएको जुम्ला राज्य अन्तर्गत पर्ने सिञ्जा तत्कालीन समयमा राजधानीले विशेष महत्व रहेको पाईन्छ । कर्णाली प्रदेशका बाइसी राज्यहरूमा खास गरी सिञ्जा राज्यले नेपालको समष्टिगत रुपमा बृहत इतिहास दर्शाउँदै खस भाषा र संस्कृतिले नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको छ ।