नेपालका वृद्धवृद्धामा खुसीका स्रोत

Authors

  • वीरेन्द्र महरा राप्ती बबई क्याम्स, तुलसीपुर, दाङ, नेपाल ।

DOI:

https://doi.org/10.3126/haimaprabha.v23i1.66739

Keywords:

खुसी, खुसीका आघातक, भौतिकवादी, निर्वाण, सूचक, Obstacle of Happiness, Materialist, Enlightenment, Happiness and Indicator

Abstract

प्रस्तुत अध्ययन नेपाली वृद्ध व्यक्तिहरूको खुसीका स्रोतहरूको पहिचान गर्नमा केन्द्रित छ । यस लेखको मुख्य उद्देश्य नेपाली वृद्धवृद्धाहरूको खुसीका स्रोतहरूको पहिचान गर्ने र ती स्रोतहरूमा सुधार ल्याउन सम्बन्धित पक्षहरूको  ध्यानाकार्षण गराउने रहेको छ । नेपाली समाजका असी वर्षभन्दा माथिका वृद्धवृद्धामा हुने सुखीका स्रोत कस्ता रहेका छन् भन्ने मूल समस्याको समाधानमा यो लेख केन्द्रित रहेको छ । सम्भावना रहित नमुना छनोट पद्धतिमा आधारित भई स्थलगत सर्वेक्षणबाट तथ्य सङ्कलन गरिएको छ । यसका लागि विभिन्न दश वटा शीर्षकहरूमा सहभागीहरूलाई प्रश्नको सूची दिई उत्तर लेख्न लगाई त्यसबाट प्राप्त तथ्यहरूलाई विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । यस क्रममा खुसी प्राप्तिमा व्यक्तिहरूको प्रभाव, खुसी प्राप्तिमा चाडपर्वको भूमिका, खुसी प्राप्तिमा वस्तु प्राप्तको प्रभाव, खुसी प्राप्तिमा आफ्नो व्यवहारहरूको प्रभाव, खुसी प्राप्तिमा विगतका घटनाहरूको प्रभाव, खुसी प्राप्तिमा खेल, गीत‚ सङ्गीत र भजनको प्रभाव, खुसी प्राप्तिमा खानेकुराको प्रभाव, भविष्यमा खुसी प्राप्तिका लागि कार्य, खुसी प्राप्तिमा वातावरण वा अवस्थाको प्रभाव र खुसी प्राप्तिमा अभिभावक वा सन्तानको प्रभाव जस्ता दश वटा एकाइका आधारमा वृद्धहरूको खुसीको विश्लेषण गरिएको छ । यी तथ्यहरूको विश्लेषणका आधारमा नेपाली समाजका वृद्धहरू भौतिक उपलब्धिले मात्र खुसी हुँदैनन् । उनीहरूले वास्तविक खुसी प्राप्त गर्नका लागि सम्मानपूर्ण तरिकाले परिवार सँग सँगै बस्ने, वर्तमान परिस्थिति अनुकूल आफू समाहित हुने, धार्मिक तथा आध्यात्मिक कार्य गर्ने, साथीभाइ र इष्टमित्रहरूसँग कुराकानी गर्ने, परिवार र समाजमा आफ्नो अस्तित्व कायम राख्ने तथा शरीर स्वस्थ र ध्यान योग गर्न पाएमा जस्ता सूचकहरू सकारात्मक भएमा खुसी प्राप्त हुने देखिएको छ । हाम्रो देशमा पारिवारिक, आर्थिक, सामाजिक, राजनीतिक तथा रोजगारी जस्ता महत्त्वपूर्ण पक्षहरूको कमजोरी र स्वयम् वृद्धहरू पनि परिवर्तित वातावरण अनुसार समायोजित हुन नसक्दा अधिकांश वृद्धहरू आफ्ना सन्ततिहरूबाट टाढा रहेको र पर्याप्त खुसी नपाएको अवस्था देखिन्छ ।

[This study attempts to identify the exact sources of happiness among the old Nepalese people . The main purpose of the article is to draw the attention of the related agencies by identifying and improving the various aspects of the sources of happiness among the Nepalese elder. This article focuses to resolve the problems of obtaining happiness by pointing out the sources of happiness of the old people above the age of 80 years in Nepalese society. Based on field survey, Random sampling methodology has been used to collect the data. For this,the participants have been provided with a list of questions in ten different titles with the hope of getting their answer and the conclusion has been deduced with the analysis of the obtained data. In This process, the happiness of the elderly people, based on ten different units like: the influence of an individual for gaining happiness , role of festive time, influence of commodities for getting happiness, influence of one's own behavior in gaining happiness, influence of past event for getting happiness, influence of sports, songs , bhajanas and music for getting happiness, influence of food for getting happiness, work for gaining happiness in future, influence of environment or situation for getting happiness and influence of guardians / offspring for getting happiness has been analyzed . According to the analysis of the obtained data, the elderly people of the Nepalese society cannot be happy with material achievement alone. In order to gain the real happiness, the indicators of happiness like: living a respectful life with family, assimilating oneself with the present situation, participating into religious activities, chit chat with family and friends, maintaining self existence among family and social circle and personal hygiene together with meditation should be, positive. Majority of the elderly people in the Nepalese society are found to have been living away from their offspring due to the weaknesses of some of the important factors like: familial, economic, social, political and employment . As a result, they have not got sufficient happiness.]

Downloads

Download data is not yet available.
Abstract
145
PDF
55

Author Biography

वीरेन्द्र महरा, राप्ती बबई क्याम्स, तुलसीपुर, दाङ, नेपाल ।

सहायक प्रध्यापक

Downloads

Published

2024-06-17

How to Cite

महरा व. (2024). नेपालका वृद्धवृद्धामा खुसीका स्रोत. Haimaprabha, 23(1), 159–171. https://doi.org/10.3126/haimaprabha.v23i1.66739

Issue

Section

Articles