ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग

Authors

  • नारायणप्रसाद निरौला

DOI:

https://doi.org/10.3126/haimaprabha.v23i1.66727

Keywords:

एआइ, एक्सएल, गोलयन्त्र, पाइथन, सफ्टवेयर

Abstract

प्रस्तुत लेखमा प्रयुक्त शास्त्रीय प्रविधि सम्बन्धी विषयवस्तुको खोजमा पुस्तकालयीय विधिको प्रयोग गरिएको । जसमा अधिकतम प्राथमिक स्रोतको उपयोग गरिएको छ । ज्योतिष आकाशीय ग्रह स्थितिको अध्ययन अवलोकन गरी पृथ्वीवासीका निम्ति फलादेश गर्ने शास्त्र   हो । जुन प्रक्रियाद्वारा ज्ञान सरल, सहज र चाँडै प्राप्त सकिन्छ त्यो नै प्रविधि हो । ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग प्रभावकारी हुन्छ । किनकि प्रविधिकोको प्रयोगले वर्षौ लाग्ने गणना प्रक्रियालाई क्षणभरमै सम्पादन  गर्न सकिन्छ र  गरिएका कार्यमा त्रुटि हुने सम्भावना पनि कम रहन्छ ।  अध्ययन, अध्यापन एवं अनुसन्धान विश्लेषण हरेक कार्यमा प्रविधिको उपयोग गर्न सकिन्छ । प्राच्य प्रविधिअन्तर्गत गोलादि यन्त्र, अध्ययन अध्यापनमा व्याख्या विवेचना विधि, सारिणी प्रयोग विधि पर्दछन् । आधुनिक प्रविधिमा वेधशाला एवं कम्प्युटर विधिलाई लिन सकिन्छ । कम्प्युटरको प्रयोगले क्षणभरमा हजारौ वर्षको गणना सहजै निकाल्न सकिन्छ । कम्प्युटरमा पनि एक्सल, पावरपइन्ट, श्रव्यदृश्य भिडियो, अडियो, फोटोचित्र विधि विशेष प्रभावकारी  छन् । यसैगरी ज्योतिषीय विषयवस्तुको विश्लेषणमा सफ्टवेय विधि उत्तम रहन्छ । सफ्ट्वेयर निर्माण गर्ने पाइथनको प्रयोग आजको समयमा उत्तम रहन्छ । वर्तमानमा कलात्मक बौद्धिकता (एआइ)को उपयोग इन्टरनेटमका मध्यमबाट गर्न सकिन्छ । 

[Astrology is the study of the position of the planets in the sky and giving advice to the livings in the earth. The process by which knowledge can be obtained simply, easily and quickly is technology. The use of technology in teaching astrology is effective. With the use of kinetic technology, the calculation process that takes years can be edited in a moment and there is less chance of errors in the work done. Technology can be used in every work, study, teaching and research analysis. Among the oriental techniques, there are the Goladi Yantra, the method of explanation and analysis in teaching and learning, and the method of using tables. In modern technology, observatory and computer methods can be taken. With the use of computers, calculations of thousands of years can be done easily in a moment. Excel, Power Point, audio-visual video, audio, and photo methods are particularly effective on the computer. Similarly, the software method is the best in the analysis of astrological topics. The use of Python to build software remains the best in today's times. At present, artificial intelligence (AI) can be used through the medium of the Internet.]

Downloads

Download data is not yet available.
Abstract
91
PDF
61

Downloads

Published

2024-06-17

How to Cite

निरौला न. (2024). ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग. Haimaprabha, 23(1), 60–69. https://doi.org/10.3126/haimaprabha.v23i1.66727

Issue

Section

Articles