‘नरेन्द्र दाइ’ उपन्यासको रचनाविधान

Authors

  • खगेन्द्र घोडासैनी नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v23i1.66713

Keywords:

यथार्थवादी, यौन, रूपविन्यास, संरचना, संवृत्त, realistic, sexual, configuration, structure, closed

Abstract

प्रस्तुत लेखमा ‘नरेन्द्र दाइ’  उपन्यासको रचनाविधान पहिल्याउने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा सोद्देश्यमूलक नमुना छनोट विधि र कृतिबाट तथ्य सङ्कलन गरिएको छ । यसमा रचनाविधानलाई सैद्धान्तिक आधार बनाइएको छ । मूलतः साहित्यका विधाको संरचना र रूपविन्याससँग सम्बन्धित सिद्धान्त नै रचनाविधान हो । कृतिले विधागत मूल्य पाउन यसका कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु र सारवस्तुजस्ता पाँचओटा घटकहरूको गुम्फन भएको हुन्छ । उपन्यासको निर्माणमा भूमिका खेल्ने सूक्ष्म तत्त्वहरूको पारस्परिक मेल नै रूपविन्यास भएकाले सोही कुरालाई आधार बनाई ‘नरेन्द्र दाइ’ उपन्यासको रचनाविधान पहिल्याउने काम गरिएको छ । यस उपन्यासमा यौनमनोवैज्ञानिक विषयवस्तु र विसङ्गतिवादी अस्तित्ववादी विचारको प्रयोग गरिएको छ । यसमा नायक नायिकाको सम्बन्ध, मुनरिया र सानोबाबुको दृष्टिकोण विसङ्गतिवादी अस्तित्ववादी देखिन्छ । नरेन्द्र सुरुमा यौनिक वा शारीरिक प्रेमलाई बढी महत्त्व दिन्छ भने अन्तमा आत्मिक प्रेम प्राप्त गर्छ । यसमा पूर्वस्मृति, संवाद र पत्रात्मक शैलीको प्रयोग गरिएको   छ । यसमा तार्किक, कवितात्मक र स्थानीय भाषा, घटनाभन्दा चरित्रको आधिक्यता, आदि, मध्य र अन्त्यको क्रमिक शृङ्खलामा बाँधिएको रैखिक प्रकृतिको कथानक तथा संवृत रूपविन्यासयुक्त भएकाले सामान्य पाठकका लागि पनि यो उपन्यास बोधगम्य रहेको निष्कर्ष निकालिएको छ ।

[In this article, an attempt has been made to find out the composition of the novel 'Narendra Dai'. Structured in a qualitative format, facts have been collected from the purposeful sample selection method and works. In it, the composition has been made a theoretical basis. Basically, composition is the theory related to the structure and form of literary genres. In order for a work to have genre value, five components such as plot, character, environment, point of view and substance are interwoven. Since the composition is the mutual harmony of the subtle elements that play a role in the creation of the novel, the structure of the novel 'Narendra Dai' has been found on the basis of this. In this novel, sexual psychology Themes and dissonant existentialist ideas are used. In it, the relationship between the hero and heroine, Munaria and Sanobabu's approach seems to be dissonant existential. Narendra gives more importance to sexual or physical love in the beginning, but in the end he gets spiritual love. It uses flashback, dialogue and literary style. It is concluded that this novel is comprehensible even for the general reader because of the logical, poetic and vernacular language, superiority of character over events, etc.]

Downloads

Download data is not yet available.
Abstract
304
PDF
145

Author Biography

खगेन्द्र घोडासैनी, नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2024-06-17

How to Cite

घोडासैनी ख. (2024). ‘नरेन्द्र दाइ’ उपन्यासको रचनाविधान. Haimaprabha, 23(1), 16–28. https://doi.org/10.3126/haimaprabha.v23i1.66713

Issue

Section

Articles