पराजित पोमूका कवितामा मुन्धुमी मिथक

Authors

  • राजेशकुमार Rajesh Kumar यादव Yadab नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, नेपाल

DOI:

https://doi.org/10.3126/gyandeep.v10i2.77331

Keywords:

मिथक, मुन्धुम, पहिचान, विम्ब, संस्कृति

Abstract

प्रस्तुत अध्ययनमद्वारा मेरो निर्माण कविता सङ्ग्रहमा सङ्‍कलित कविताहरूमा प्रयुक्त मुन्धुमी मिथकको विश्‍लेषणमा केन्द्रित छ । यस अध्ययनमा मद्वारा मेरो निर्माणका कविताहरू र मुन्धुमी मिथकको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमा सङ्‍कलित कविताहरूमा मानवीय जीवनका विविध भावहरूको अभिव्यञ्‍जना पाइन्छ । यी कविताहरूमा प्रेम, घृणा, आँसु, हाँसो, विवशता, दुःख, पीडा, सङ्घर्ष, सपना, जीवनका अप्ठ्याराजस्ता पक्ष कथ्य बनेर आएका छन् । कतिपय कवितामा प्राकृतिक सौन्दर्यको चित्रण पनि सुन्दर ढङ्‍गबाट गरिएको छ । सङ्ग्रहका केही कवितामा भने मुन्धुमी मिथकको प्रयोगबाट पहिचान र अस्तित्व रक्षाको भावाभिव्यञ्‍जन पनि भएको पाइन्छ । उनका कवितामा सांस्कृतिक सौन्दर्य, सहअस्तित्व एवम् प्रेम र घृणाका भावलाई अभिव्यञ्‍जित गर्न पनि मुन्धुमी मिथकको सुन्दर प्रयोग गरिएका छन् । नेपाली नागरिकका पीडालाई उजागर गर्ने उनका कतिपय कविताहरू प्रयोगधर्मी पनि छन् । सामग्री सङ्‍कलनका क्रममा मद्वारा मेरो निर्माण कविता सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र कविताहरूबारे गरिएका समीक्षा–समालोचना र शोध प्रतिवेदन तथा मिथकबारे व्याख्या–विश्‍लेषण गरिएका पुस्तक, आलेख र शोध प्रतिवेदनलाई द्वितीयक स्रोतका रूपमा लिएर मिथकसम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट कविताको विश्‍लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
5
PDF
0

Downloads

Published

2025-04-04

How to Cite

यादव Yadab र. R. K. (2025). पराजित पोमूका कवितामा मुन्धुमी मिथक. ज्ञानदिप Gyandeep, 10(2), 139–148. https://doi.org/10.3126/gyandeep.v10i2.77331

Issue

Section

Articles