यमपुरीको महल उपन्यासमा डायस्पोरा चेतना

Authors

  • फणीन्द्रराज Phanindra Raj निरौला Niraula पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ, नेपाल

DOI:

https://doi.org/10.3126/gyandeep.v10i2.77329

Keywords:

अतीतमोह, इच्छित भूमि, डायस्पोरा, सीमान्तकृत

Abstract

प्रस्तुत लेख होमनाथ सुवेदीद्वारा लिखित २०६४ सालमा साझा प्रकाशनबाट प्रकाशित यमपुरीको महल उपन्यासमा डायस्पोरा चेतनाको खोजीमा केन्द्रित छ । डायस्पोरा आफ्नो मातृभूमि छोडी परदेश  गएका व्यक्तिहरूका अनेक पीडालाई अभिव्यक्ति दिएर लेखिएको लेखन हो । डायस्पोरा लेखनमा आफ्नो मातृभूमि, परम्परा, संस्कृति र समुदायको झझल्को एवम् विदेशको अनुभूतिका साथै पीडादायी क्षणहरूसमेत प्रस्तुत गरिएको हुन्छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्री उपयोग गरिएको यस शोधमा प्राथमिक सामग्रीमा होमनाथ सुवेदीको यमपुरीको महल उपन्यास र द्वितीय सामग्रीमा सिद्धान्तमा आधारित पुस्तक, अनुसन्धानात्मक लेख आदिको उपयोग गरिएको छ । सङ्‍कलित सामग्रीको विश्‍लेषणका क्रममा  निगमनात्मक विधिको प्रयोग गरी उपन्यासका साक्ष्यहरूका आधारमा पुर्ख्यौली  भूमि र  इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक एवम् सीमान्तकृत हुनुको  पीडा, अभिघात,  परदेशमा भोगेका रोमाञ्‍चपूर्ण क्षण, असीतत्वबोधका लागि एकताको खोजी तथा अतीतमोहलगायतका आधारमा उपन्यासमा डायस्पोरा चेतना अनुशीलन गरिएको छ । प्रस्तुत उपन्यासमा काम र मामका लागि आफ्नो पुर्ख्यौली थलो छोड्नुपर्ने नेपाली बेरोजगारहरूको प्रतिनिधि पात्र प्रेमको अमेरिका बसाइ  विश्‍लेषण गर्दा उपन्यासमा देखापरेका प्रत्येक पात्रहरूका क्रियाकलाप तथा जीवन भोगाइमा डायस्पोरिक मूल्य र चेतनामा  आधारित  रहेको  निष्कर्ष  निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF
0

Downloads

Published

2025-04-04

How to Cite

निरौला Niraula फ. P. R. (2025). यमपुरीको महल उपन्यासमा डायस्पोरा चेतना. ज्ञानदिप Gyandeep, 10(2), 116–125. https://doi.org/10.3126/gyandeep.v10i2.77329

Issue

Section

Articles