म गाउँ फर्किन्छु कवितासङ्ग्रहका कवितामा भावसौन्दर्य
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77327Keywords:
अनुभूति, अभिव्यञ्जना, ध्वनि, भाव, व्यञ्जनाAbstract
दिनेश थपलियाद्वारा रचना गरिएको म गाउँ फर्किन्छु कवितासङ्ग्रहमा सङ्गृहीत कविताहरूमा व्यञ्जित भावसौन्दर्यको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको यो लेख गुणात्मक अनुसन्धान ढाँचामा आधारित छ । यसमा थपलियाका म गाउँ फर्किन्छु कवितामा प्राथमिक स्रोतका सामग्रीका रूपमा लिई सूक्ष्म पठन विधिका माध्यमबाट प्राथमिक सामग्रीको अर्थापन गरिएको छ । भावको सैद्धान्तिक पक्षको विश्लेषणका क्रममा यस लेखमा पुस्तकालयीय स्रोतका सामग्रीहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । यस सङ्ग्रहका कवितामा जन्मभूमि विषयक प्रणयभाव, देशभक्तिपरक प्रेमभाव, क्रान्तिचेतना, शृङ्गारिक प्रणयभावका साथै मानवीय जीवनसँग सम्बन्धित विविध मनोभावको कलात्मक अभिव्यञ्जना भएको छ भन्ने निष्कर्ष यस लेखबाट प्राप्त भएको छ । यसै गरी विवेच्य कविताहरूमा भावको अभिव्यञ्जनामा उल्लिखित भावको अभिव्यञ्जनामा हर्ष, मति, चिन्तालगायतका भावहरूहरूले अभिव्यञ्जक एकाइका रूपमा भूमिका खेलेको तथ्यलाई पनि यस लेखमा प्रस्तुत गरिएको छ ।