मधेसतिर कथामा भावशबलता
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77326Keywords:
अनुभाव, भावशबलता, विभाव, सञ्चारी भाव, स्थायी भावAbstract
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘मधेसतिर’ कथालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त भावशबलताको अध्ययन विश्लेषण गरिएको छ । पूर्वीय साहित्यशास्त्रमा प्रस्तुत भावशबलतासम्बन्धी मान्यताका आधारमा ‘मधेसतिर’ कथामा प्रयुक्त विभिन्न भावहरूको खोजी गरी तिनको व्याख्या विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । यसमा भावशबलतासम्बन्धी पूर्वीय साहित्यशास्त्रका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठविश्लेषण गरिएको छ । विभिन्न भावको प्रयोग भई रसावस्थामा परिणत नभएका रचनालाई भावशबलताका दृष्टिले अध्ययन विश्लेषण गर्नु उपयुक्त मानिन्छ । यसै आधारलाई आत्मसात् गर्दै यहाँ विश्वेश्वरप्रसाद कोइरालाको ‘मधेसतिर’ कथालाई स्थायी तथा सञ्चारी भावहरूको शबलताको स्थितिका आधारमा अध्ययन विश्लेषण गरिएको छ । यस सन्दर्भमा स्थायी भाव तथा सञ्चारी भावलाई आधार मानेर भावशबलताको खोजी गरिएको छ । पात्रहरूका संवाद, क्रियाकलाप, चिन्तन, व्यवहार आदिका साक्ष्यलाई हेर्दा ‘मधेसतिर’ कथामा कुनै पनि स्थायी भाव रसावस्थामा पुगेको देखिँदैन । यसको सट्टा विभिन्न स्थायी एवम् सञ्चारी भावको प्रयोगबाट कथामा भावशबलताको स्थिति देखिएको निष्कर्ष प्रस्तुत अध्ययनको रहेको छ ।