डोल्पो ओ डोल्पो नियात्राको सांस्कृतिक अध्ययन
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77325Keywords:
सूक्तिमय, अन्तर्विषयक, ढ्वाँगे, सोकह्या, टोकेAbstract
प्रस्तुत लेखमा डोल्पो ओ डोल्पो नियात्रामा प्रतिनिधित्व, प्रभुत्व र पहिचानको स्वरूपको अन्वेषण गरिएको छ । सांस्कृतिक अध्ययनको सैद्धान्तिक मान्यताभित्र रहेर यस कृतिको विश्लेषण गर्नाका लागि डोल्पो ओ डोल्पो नियात्रालाई प्राथमिक र त्यससँग सम्बन्धित समालोचनात्मक रचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यी दुबै प्रकारका सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । प्रस्तुत लेखमा डोल्पाली समाजमा विद्यमान् सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक नैतिक पक्षका सबल र दुर्बल पक्षहरूलाई प्रतिनिधित्व, प्रभुत्व र पहिचानका दृष्टिबाट विश्लेषण गरी यी तिनै कुराको अवस्थितिको प्रस्तुतिमा नियात्रा अब्बल रहेको निष्कर्ष प्राप्त भएको छ । सांस्कृतिक अध्ययनका दृष्टिले विवेच्य नियात्रा सबल र सफल रहेको छ ।