उसले रोजेको बाटो उपन्यासमा वर्गीय द्वन्द्व
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77324Keywords:
द्वन्द्वात्मक भौतिकवाद, पुँजीपति, वर्गसङ्घर्ष, सर्वहारा, सामन्तAbstract
प्रस्तुत शोधलेखमा पारिजातद्वारा लेखिएको उसले रोजेको बाटो उपन्यासको वर्गीय द्वन्द्वका आधारमा अध्ययन गरिएको छ । यमा मार्क्सवादी विचारधाराअन्तर्गतको महत्त्वपूर्ण अवधारणा वर्गसङ्घर्षका आधारमा उसले रोजेको बाटो उपन्यासको अध्ययन गरिएको छ । यस क्रममा उपन्यासमा तत्कालीन नेपाली समाजमा वर्गीय अवस्था, विभेद र शोषणको अवस्था कस्तो रहेको छ भन्ने विश्लेषण गर्नाका साथै सामन्त तथा पुँजीपति वर्ग र सर्वहारा मजदुर वर्गबिचको द्वन्द्वको चित्रण कसरी गरिएको छ भन्ने कुराको खोजी यस लेखमा गरिएको छ । तत्कालीन नेपाली समाजमा विद्यमान आर्थिक असमानता र त्यसले सिर्जना गरेको वर्गीय विभेद तथा त्यसबाट उत्पन्न वर्गीय मानसिकता र द्वन्द्वलाई उसले रोजेको बाटो उपन्यासमा कसरी प्रस्तुत गरिएको छ भन्ने जिज्ञासाको प्राज्ञिक समाधान खोज्ने प्रयत्न यस लेखमा गरिएको छ । यस शोधलेखमा ग्रामीणदेखि सहरी परिवेशसम्म सामन्त तथा पुँजीपति वर्गका मानिसहरूले सर्वहारा मजदुर वर्गमाथि चरम शोषण, दमन र षड्यन्त्र गर्ने गरेको र त्यसको उत्पीडनमा परेका निम्नवर्गीय सर्वहारा मजदुर वर्गमा प्रतिरोधी चेतनाको क्रमशः विकास हुँदै वर्गीय मुक्तिको आन्दोलनमा होमिएको युगीन यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको निष्कर्ष निकालिएको छ ।