कुलुङ र नेपाली भाषाका व्याकरणिक कोटिमा व्यतिरेक
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77322Keywords:
व्याकरणिक कोटि, काल, पक्ष, भाव, संपृक्त रूपAbstract
यस लेखमा कुलुङ र नेपाली भाषाका व्याकरणिक कोटिमा पाइने भिन्नताको अध्ययन गरिएको छ । कुलुङ नेपालमा मातृभाषाका रूपमा प्रयोगमा रहेको किरात वर्गको भाषा हो । यो भोट चिनिया परिवारअन्तर्गत पर्दछ भने बहुसङ्ख्यक नेवालीहरूले सम्पर्क भाषाका रूपमा प्रयोग गर्दै आएको र नेपालको संविधानले समेत सरकारी कामकाजको भाषाका रूपमा परिभाषित नेपाली भाषा भारोपेली परिवारअन्तर्गत पर्ने भाषा हे । नेपालमा पहिलो भाषाका रूपमा जुनसुकै भाषाको प्रयोग गरे पनि दोस्रा भाषाका रूपमा नेपाली भाषा सिक्नै पर्ने बाध्यता रहेको छ । यस सन्दर्भमा दोस्रा भाषाका रूपमा नेपाली भाषा सिक्दा कुलुङ मातृभाषी सिकारुलाई केकस्ता कठिनाइ आइपर्छन् भन्ने विषयमा केन्द्रित भई यो लेख तयार पारिएको हो । पुस्तकालयीय स्रोतका सामग्रीहरूका साथै आफ्नै भाषिक ज्ञानको प्रयोग गरी तयार पारिएको यो लेख गुणात्मक ढाँचामा आधारित छ । यसमा कुलुङ भाषाका व्याकरणिक कोटिको परिचयसहित नेपाली भाषाका व्याकरणिक कोटि दिइएको छ । यस सन्दर्भमा जातीय परिचयअन्तर्गत नामकरण, जनसंख्या र बसोवास क्षेत्रको जानकारीसहित भाषिक परिचय बताइएको छ । भाषिक परिचयअन्तर्गत पारिवारिक अवस्था र व्याकरणिक कोटिको वर्णन गरिएको छ । प्राय सबै व्याकरणिक कोटिहरूमा कुलुङ र नेपाली भाषामा व्यतिरेकता रहेको निष्कर्ष यस लेखबाट प्राप्त भएको छ ।