अरूण उपत्यकामा प्रचलित नेपाली लोकगीतमा ज्योतिष

Authors

  • एकराज Ekaraj घिमिरे Ghimire टेलिकम टेक्निसियन, चैनपुर, सङ्खुवासभा

DOI:

https://doi.org/10.3126/gyandeep.v10i2.77318

Keywords:

ज्योतिष, तुम्लिङटार, लोकगीत, वेद, शकुन

Abstract

अरुण उपत्यकामा प्रचलित लेपाली लोकगीतमा प्रयुक्त ज्योतिष चिन्तनको विश्‍लेषण गर्नु यो लेखको मूल विषय हो । सङ्खुवासभा जिल्लाको तुम्लिङटार केन्द्र भएको अरूण उपत्यकामा भोजपुर र धनकुटा जिल्लाका समेत केही स्थानीय तहरू पर्दछन् । लोकगीतले सम्पन्‍न यो उपत्यकामा प्रचलित अनेकौँ भाका र ती गीतका गायक एवम् सङ्‍कलकहरू विश्‍वभर छरिएका नेपालीहरू माझ प्रिय रहेका छन् । लोकगीत जनजिब्राका माध्यमबाट मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोकसाहित्यिक वस्तु हुन् । पूर्वीय शास्त्रहरूमा कालको गणनालाई ज्योतिष नाम दिइएको छ । काल गणनाका साथ ज्योतिषले शकुन तथा फलादेश र जातकको जन्मकुण्डलीका आधारमा पूर्वजन्म, वर्तमान अवस्था अनि भविष्यका फलहरूको समेत विवेचना गर्दछ । ज्योतिष लोक साहित्यिक नभएर शास्त्रीय विषय हो । प्रस्तुत लेखमा अरूण उपत्यकामा प्रचलित लोकगीतलाई प्राथमिक सामग्रीका रूपमा र ज्योतिषशास्त्रसँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा उपयोग गरिएको छ । प्रस्तुत लेखमा अरूण उपत्यकामा प्रचलित लोकगीतमा शास्त्रीय विषयको ज्योतिषका के कस्ता पदावली, पारिभाषिक शब्द तथा मान्यताहरू पाइन्छन् भन्‍नेविषयको  खोजी गरिएको छ । लेखमा विश्‍लेषण विधिको अवलम्बन गरी अरूण उपत्यकामा प्रचलित लोकगीतहरूले ज्योतिषीय अवधारणालाई पनि विषय बनाएकान छन् भन्‍ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
113
PDF
20

Downloads

Published

2025-04-04

How to Cite

घिमिरे Ghimire ए. E. (2025). अरूण उपत्यकामा प्रचलित नेपाली लोकगीतमा ज्योतिष. ज्ञानदिप Gyandeep, 10(2), 39–47. https://doi.org/10.3126/gyandeep.v10i2.77318

Issue

Section

Articles