तिउरीको फूल, पायरियाको गन्ध कथामा सीमान्तीयता
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77317Keywords:
उत्पीडन, प्रभुत्वशाली, लैङ्गिक, वर्गीय, सीमान्तीकृतAbstract
प्रस्तुत आलेख पारिजातद्वारा लेखिएको ‘तिउरीको फूल, पायरियाको गन्ध’ कथामा चित्रित सीमान्तीयताको अध्ययनमा केन्द्रित छ । यस कथामा प्रयुक्त पात्रहरू विविध कारणले सीमान्तीकृत भएको पाइएकाले तिनीहरूको विश्लेषण यस लेखमा गरिएको छ । सीमान्तीयताको सैद्धान्तिक आधार निर्माण गरी पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा कथाभित्र रहेको लैङ्गिक तथा वर्गीय सीमान्तीकृत समुदायप्रति प्रभुत्वशाली वर्गको दृष्टिकोण र व्यवहारको अध्ययन गरी कथाको विश्लेषण गरिएको छ । विशेषगरी ‘तिउरीको फूल, पायरियाको गन्ध’ कथामा घरबारविहीन बनाइएर बेवारिसे रूपमा बाटामा फालिएकी कथाकी प्रमुख नारी पात्र लाटी मात्र होइन, घरभित्रका नारीहरू पनि पुरुषको भोगविलासको साधन बन्न बाध्य भएका छन् । सुरक्षाका लागि खटिएका पुलिस प्रशासनबाटै लाटी बलात्कृत हुनुले राज्यबाट नै महिला असुरक्षित भएका तथ्य प्राप्त भएका छन् । कथामा नारीले लैङ्गिक तथा वर्गीय रूपमा सामाजिक न्याय प्राप्त गर्न नसकेकाले सीमान्तीकृत हुनपरिरहेको छ । यसको मुख्य कारणमा पितृसत्तात्मक सामाजिक संरचना र विभेदकारी आर्थिक संरचना मुख्य जिम्मेवार रहेको ठहर्याउदै त्यसको निराकरण हुनुपर्ने आशय कथाकारको रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।