माध्यमिक तहको नेपाली भाषा पाठ्यक्रममा समाविष्ट रूपक विधा
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77310Keywords:
रूपक, उपविधा, प्रयोजन, भाषिक सिप, भाषा पाठ्यक्रम, माध्यमिकAbstract
माध्यमिक तहमा नेपाली विषयअन्तर्गत रूपक विधाको शैक्षणिक प्रयोजनमा आधारित यस अध्ययनमा रूपक शिक्षणको मुख्य प्रयोजन हाउभाउसहितको बोलाइ सिप रहेको कुरा सुनिश्चित गरिएको छ । रूपक विधाअन्तर्गत माध्यमिक तहको पाठ्यक्रम २०७८ (कक्षा ९ र १०) नेपाली विषयमा समावेश गरिएको संवाद, वक्तृता, वादविवाद, मनोवाद र एकाङ्की उपविधालाई लिइएको छ । यस अनुसन्धानका सन्दर्भमा मूल उद्देश्य माध्यमिक तहको नेपाली भाषा पाठ्यक्रममा समावेश गरिएका रूपक विधाको शैक्षणिक प्रयोजनको विश्लेषण गर्नु हो । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा वर्तमान माध्यमिक तहको पाठ्यक्रमलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा पुस्तकालयीय अध्ययनबाट प्राप्त सामग्रीको प्रयोग गरिएको छ । सामग्री विश्लेषण गर्दा व्याख्यात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । यसरी नेपाली भाषा पाठ्यक्रमको मुख्य प्रयोजन भनेकै सुनाइ, बोलाइ, पढाइ र लेखाइजस्ता भाषिक सिपको शिक्षण गर्नु हो । त्यसका लागि विभिन्न विधाहरू समावेश गरिएको छ । त्यसमा पनि रूपक विधाको मुख्य प्रयोजन भनेकै हाउभाउ सहितको बोलाइ शिक्षण हो । यसरी रूपक विधाको सामान्य प्रयोजन सम्पूर्ण भाषिक सिपको प्राप्ति भए पनि यसको उपविधाअनुसार प्रयोजन पनि विशिष्ट हुन्छ । यसरी प्रयोजन फरक फरक हुने भएकाले भाषिक सिपको प्रभावकारी शिक्षणका लागि विभिन्न विधा र उपविधाहरूको शिक्षण गरिनु पर्छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ ।