मृत्युपछिको अभिव्यञ्जना कवितामा भाव वा विचार पक्ष
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77308Keywords:
अधिष्ठान, क्षणभङ्गुर, चिरनिद्रा, निरीश्वर, लालसा, विचारपक्षAbstract
प्रस्तुत लेख बालकृष्ण समद्वारा रचना गरिएको साझा कविता सङ्ग्रह (२०५५) मा सङ्ग्रहित मृत्युपछिको अभिव्यञ्जना कवितामा व्यञ्जित भाव वा विचार पक्षको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको छ । यो लेख गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेको छ । यस लेखमा मृत्युपछिको अभिव्यञ्जना कविताको मुख्य भाव वा विचारपक्षलाई कवितामा के कसरी अभिव्यक्त गरिएको छ भन्ने मुख्य समस्या उठाई यो लेख ती समस्याहरूको प्राज्ञिक समाधान गर्दै कवितामा व्यञ्जित मुख्य आशयको विश्लेषणमा केन्द्रित रहेको छ । यसमा समको मृत्युपछिको अभिव्यञ्जना कवितालाई प्राथमिक स्रोतका सामग्रीका रूपमा लिई सूक्ष्म पठन विधिका माध्यमबाट प्राप्त मुख्य आशय,भाव र विचार पक्षलाई लिइएको छ । यस लेखमा कविताको विधागत स्वरूप एवम् सैद्धान्तिक पक्षलाई अर्थात् प्रस्तुत कविताको अध्ययन, विश्लेषणका क्रममा यसका बारेमा लेखिएका प्राप्त पुस्तकालयीय स्रोतका सामग्रीहरूलाई द्वितीयक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ । कवितामा उल्लिखित विषयवस्तुका माध्यमबाट जन्मलाई जसरी स्वीकार्छौँ मृत्युलाई पनि त्यसरी नै स्वीकार्नु पर्छ किनकि संसारमा भएका सबै वस्तु अस्थायी हुन् भने मृत्यु स्थायी हो भन्ने निष्कर्ष यस लेखबाट प्राप्त भएको छ । प्रस्तुत कवितामा परिष्कारपूर्ण बौद्धिक शिल्पको प्रयोग गरी कविले नाटकीय शैलीमा स्वैरकल्पनाको समेत प्रयोगबाट मृत्युपछिको अवस्थाकै भावभूमिमा मृत्युसम्बन्धी आफ्नो विचार के कसरी प्रस्तुत गरेका छन् भन्ने कुरालाई यस लेखमा प्रस्तुत गरिएको छ । जन्म र मरणको जञ्जालबाट माथि उठेर मोक्षको मार्ग पहिल्याउनु पर्छ भन्ने मुख्य आशय मृत्युपछिको अभिव्यञ्जना कविताको भाव वा विचारपक्षको विश्लेषणबाट प्रस्तुत गरिएको छ । उक्त वैचारिक निष्कर्ष प्रदान गर्नसक्नु नै यस लेखको महत्त्वपूर्ण प्राप्ति हो ।