भाषा शिक्षकहरुको वृत्ति विकासमा विश्वविद्यालयहरुको योगदान

Authors

  • हेमा Hema जोशी Joshi विद्यावारिधि अनुसन्धानरत, सुदूरपश्चिम विश्वविद्यालय,नेपाल https://orcid.org/0009-0002-1895-4489

Keywords:

गुणात्मक, पूनर्ताजगीकरण, एकीकृत, प्राविधिक, तालिम, वृत्ति

Abstract

प्रस्तुत आलेख भाषा शिक्षकहरूको वृत्ति विकासमा विश्वविद्यालयहरूको योगदानबारे केन्द्रित छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तथा शिक्षाको माध्यम भएकाले नेपाली भाषामा शिक्षण गर्न शिक्षकको वृत्ति र विकासको आवश्यकता पर्दछ । शिक्षकको वृत्ति विकासका लागि शिक्षा ऐन २०२८ तथा नियमावलीअनुसार शिक्षा मन्त्रालयको मातहतमा विभिन्न विश्वविद्यालयहरूले काम गर्दै आएका छन् । यी विश्वविद्यालयहरूले शिक्षकको पेसागत विकासमा पु¥याएको योगदानका साथै पेसागत विकासका आधारहरू र आवश्यकताका बारेमा यस लेखमा चर्चा गरिएको छ । उच्च शिक्षाका लागि सञ्चालन गरिएका अध्ययन संस्थान तथा सङ्काय मिलेर बनेको संस्थालाई विश्वविद्यालय भनिन्छ । उच्च शिक्षाका विभिन्न विषयहरू अध्ययन गरिने संस्था नै विश्वविद्यालय हो । यी संस्थाले प्रत्यक्ष वा परोक्ष रूपमा नेपाली भाषा शिक्षकको पेसागत उन्नयनमा सहयोग गरी दक्ष शिक्षक निर्माणमा योगदान पुर्‍याएका छन् । लेख तयार पार्न पुस्तकालयको उपयोग गरी सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीलाई तर्क, प्रमाण र उदाहरणका आधारमा विश्लेषण गरिएको छ । शिक्षकलाई नवीनतम विधि तथा प्रविधिसँग परिचित गराउनुका साथै अद्यावधिक गराउने कार्यमा यी संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ । यस लेखमा शिक्षकको वृत्ति र विकासमा योगदान पुर्‍याउने शिक्षाशास्त्र सङ्कायले अध्यापन गराउने विश्वविद्यालयलाई मात्र लिइएको छ । अध्ययनले शिक्षकको वृत्ति र विकासमा विश्वविद्यालयहरूले प्रभावकारी भूमिका खेल्नु पर्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
pdf
10

Downloads

Published

2024-12-31

How to Cite

जोशी Joshi ह. H. (2024). भाषा शिक्षकहरुको वृत्ति विकासमा विश्वविद्यालयहरुको योगदान. GS WOW: Wisdom of Worthy Research Journal, 3(2), 107–119. Retrieved from https://nepjol.info./index.php/gswow/article/view/75446

Issue

Section

Articles