अनुसन्धानको आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान

Authors

  • हेमा Hema जोशी Joshi सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, कञ्चनपुर

Keywords:

बहुभाषिक कक्षा, मातृभाषा, समावेशी कक्षा, अनुसन्धान

Abstract

प्रस्तुत आलेख अनुसन्धानका आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान बारे अध्ययनमा केन्द्रित छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपालका सामुदायिक विद्यालयहरूमा नेपाली मातृभाषा हुनेहरूका हकमा शिक्षाको पूर्ण माध्यमका रूपमा मातृभाषा सम्भव रहेको र नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूका लागि भने आवश्यकतानुसार मौखिक मात्र भए पनि मातृभाषाको प्रयोग गरी शिक्षण सहजीकरण गरिदिनु पर्ने स्थितिलाई बहुभाषी कक्षाको अर्थमा लिइएको छ । लेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । बहुभाषिक मुलुकमा भाषाबारे व्यवस्थित भाषानीति र योजना आवश्यक हुन्छ । प्रस्तुत अध्ययनमा अनुसन्धानको आधारमा बहुभाषिक कक्षामा समूह विभाजनको प्रयास भए पनि भाषा शिक्षणका सन्दर्भमा बहुभाषी विद्यार्थीहरूले एउटै भाषामा उपस्थित हुनुपर्दा शिक्षक विद्यार्थी दुवैलाई कठिनाइहरू आउने गरेका छन् । प्रस्तुत लेखमा बहुभाषिक कक्षाको अर्थ, अनुसन्धान र बहुभाषिकताको सम्बन्ध, बहुभाषिकताको आवश्यकता, बहुभाषिक कक्षाका समस्या, बहुभाषी कक्षाको समूह विभाजन को व्याख्या विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
12

Author Biography

हेमा Hema जोशी Joshi, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, कञ्चनपुर

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2024-12-19

How to Cite

जोशी Joshi ह. H. (2024). अनुसन्धानको आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान. GS WOW: Wisdom of Worthy Research Journal, 2(1), 115–122. Retrieved from https://nepjol.info./index.php/gswow/article/view/72777

Issue

Section

Articles